पाकिस्तानमा रोवोट (स्त्री यन्त्रमानव) द्वारा पिज्जा वितरण गर्दा बिक्रिमा दुई गुना वृद्धि 

इनेप्लिज २०७४ असार २५ गते २२:३३ मा प्रकाशित

पाकिस्तानको मुल्तान शहरको एक चमेना गृहमा स्त्री यन्त्रमानव( रोवोट वेटरेस )द्वारा पिज्जा वितरण गर्दा चमेनागृहको बिक्री दुई गुना वृद्धि भएको छ l स्त्री यन्त्रमानव बनाई ग्राहकलाई सेवा पुर्याउदा बिक्रि बढेकोमा चमेना गृहका मालिक मख्ख परेका छन् l

ओसामा जाफरी नामका अभियन्ताले निर्माण गरेको उक्त स्त्री यन्त्रमानव को तौल ५५ पाउण्ड रहेको छ l उक्त रोबोटले ग्राहकलाई अभिबादन गर्ने र आफु ग्राहक बसेको टेबल(मेज )सम्म पिज्जा पुर्याउने गर्छ l
रोबोट अलिक सानो कधको र छरितो हुनु को साथै लामो प्रकारको वस्त्र तथा एप्रोन ( प्रच्छ्दक) ले सजाइएको छ l यसको साथै देश अनुसारको भेष भन्दै घाटीमा बर्को समेत लगाईएको छ l

गत फेब्रुअरी महिना देखि संचालनमा रहेको मुल्तानको पिज्जा डटकम को बिक्रि बढेको र उनि संग त्यस्ता रोबोट ३ वटा भएकोले अन्य ठाउँमा अरु थप चमेना गृह खोल्ने संचालकले जनाएको एसोसिएट प्रेस (एपी)ले समाचार लेखेको छ l संचालकले ग्राहकलाई मनोरंजन भएकोले ग्राहक आउने बताएका छन् l

तस्बिर श्रोत/सौजन्य :एपी 

प्रतिक्रिया