एनआरएनए युगान्डाको तेस्रो महाअधिवेशन सम्पन्न ,अध्यक्षमा राजमणि भण्डारी निर्बाचित ।

इनेप्लिज २०७४ असार २५ गते १०:५७ मा प्रकाशित

कम्पाला ,युगान्डा ,गैर आवासीय नेपाली संघ युगान्डा ( एनआरएनए युगान्डा)को तेस्रो महा अधिवेशन युगान्डाको कम्पालामा एक भब्य कार्यक्रम बिच सम्पन्न भएको छ l अधिवेशनबाट आगामी कार्यकाल सन २०१७ – २०१९ का लागि अध्यक्षमा राजमणि भण्डारीको साथ सम्पूर्ण समूह निर्विरोध चयन भएको छ l

एनआरएनएका अफ्रिका क्षेत्रीय संयोजक सुनील कार्की बाट प्रमुख अतिथिको रुपमा पानसमा बत्ति बालि अधिबेशनको उद्घाटन भएको थियो l कार्यक्रममा प्रमुख अतिथि सुनील कार्की ,अन्तर्राष्ट्रिय कार्य समितीका सदस्य जीवनाथ पगेनी,अध्यक्ष रमेश कंडेल लगायतबाट बाट शुभकामना मन्तब्य ब्यक्त भएको थियो l

त्यस पछि आयोजीत बन्द सत्रमा संघका कोषाध्यक्ष मंजुल पाठकले आर्थिक प्रतिवेदन पेश गर्नुका साथै अध्यक्ष रमेश कंडेलले आफ्नो कार्यकालको प्रतिबेदन पेश गर्नु भएको थियो l लगत्तै तिन सदस्यीय निर्वाचन समितिको तर्फ बाट निर्वाचन समितीका संयोजक हेम श्रेष्ठबाट बिपक्षी उम्मेदवार कोहि नहुदा उम्मेदवार सम्पुर्णलाइ निर्विरोध चयन भएको घोषणा गर्नु भएको थियो l

नव निर्वाचित समितिमा अध्यक्षमा राजमणि भण्डारी ,उपाध्यक्षहरुमा बिनोद थापा तथा अर्जुन न्यौपाने निर्वाचित भएका छन् l यसै गरि महासचिवमा रमेश शर्मा सचिवमा गंगालाल खरेल तथा कोषाध्यक्षमा मन्जुल पाठक निर्वाचित भएका छन् l

समितिमा युवा संयोजकमा तेजेन्द्र “बिबश” ,महिला संयोजकमा तारा गिरि ,प्रवक्तामा कमल भट्ट तथा कार्यकारी सदस्यहरुमा आशिस खड्का, रुद्र के सी , प्रेम बहादुर श्रेष्ठ तथा गणेश कार्की निर्वाचित भएका छन् l

कार्यक्रममा सम्पूर्ण साधारण सदस्यलाई परिचय पत्र (कार्ड) वितरण गर्नुको साथै प्रमुख अतिथि सुनिल कार्कीको हात बाट अघिल्लो कार्यकालमा विभिन्न क्षेत्रमा सहयोग गर्ने सहयोगी मन लाइ प्रशंसापत्र वितरण गरिएको थियो l

कार्यक्रमको अन्त्यमा पुर्ब अध्यक्ष समेत रहनुभएका रमेश कंडेलले नेपालि संगीतमा नयाँ इतिहास रच्दै अफ्रिकन कलाकार, निर्देशक सम्पादक प्रयोग गरेको भिडियो प्रमुख अतिथिबाटै विमोचन गर्दै सार्वजनिक गरेका छन l कंडेलले लोक तथा आधुनीक गरि एक दर्जन गीतहरुमा स्वर दिई सकेका छन् l

प्रतिक्रिया