रमाइलोका लागि बनाएको भिडियो ब्लग चर्चामा

इनेप्लिज २०७४ असार २४ गते २०:०८ मा प्रकाशित

न्युयोर्क, न्युयोर्कमा रहेका पत्रकार जोडी अनुज थापा र दिपिका श्रेष्ठले गत हप्ता आफ्नो नियमित भिडियो ब्लगका लागि एउटा भिडियो रमाइलोका लागि तयार पारेका थिए । अहिले उक्त भिडियोलाई धेरैले मन पराएका छन् ।

पुरानो नेपाली फिल्म कोसेलीको “ यो बाटो कहां जाने हो ” भन्ने गीतलाई जोडीले आफ्नै ढंगले न्युयोर्क शहरको कोरोना पार्कमा साइकल चलाउंदै छायांकन गरेका थिए । त्यो रमाइलो भिडियो यसरी मन पराइन्छ भनेर उनीहरुले सोचेको पनि थिएनन् ।

आइफोनबाट खिचिएको उक्त भिडियो ब्लगलाई धेरैले सेयर गरेका छन् । यता उक्त पुराना गीतका कलाकार विजय लामाले उक्त ब्लग मन परेको भन्दै आफुहरु चांडै यो गीतलाई गाउने तरखरमा रहेको बताएका छन् ।

“ म र समृद्धि राई मिलेर यो गीत गाउने कुरा भइरहेका छ , ” लामाले बताए । यता भिडियो ब्लग बनाएका पत्रकार अनुज थापा भने आफुले नियमित जसो भिडियो ब्लग बनाइरहेकामा यो ब्लग धेरलै मन पराएकोमा अचम्ममा परेको बताए ।

“ हामीले रमाइलोका लागि मात्र बनाएका हो , ” पत्रकार थापाले भने । “भिडियोमा हेर्नुहोस् न, म चुइगम चपाउंदै छु तर यहि कुरा दर्शकले मन पराए , ” थापाले हांस्दै भने ।

यो जोडीको रमाइलो भिडियो ब्लग यहां हेर्न सकिन्छ ।

प्रतिक्रिया