क्यानेडियन नेवाः गुठी द्वारा टोरोन्टोमा नेपाल प्रबर्द्दन कार्यक्रम

इनेप्लिज २०७४ असार १९ गते २२:३३ मा प्रकाशित

टोरोन्टो, प्रत्यक बर्ष आयोजना गर्दै आएको अन्तरराष्ट्रीय सहभागिताको ग्लोबल भिलेज फेस्टिभलमा क्यानेडियन नेवाः गुठीले नेपाल प्रबर्द्दन, प्रचार प्रसार सम्बन्धि कार्यक्रम गरि सहभागिता जनाएको छ ।

बहु सांस्क्रितिक महानगरी टोरोन्टोको नर्थ योर्क स्थित मेल लास्टमान स्क्वार मा २ दिन सम्म सन्चालन भएको सो मेलामा क्यानेडियन नेवाः गुठी ले नेपाल प्रबर्द्दन तथा भ्रमण प्रोत्साहनार्थ नेपाल स्टल सन्चालन गरेको थियो।सो नेपाली स्टलमा नेपाली कलाकृति झल्किने खालको धातु कला, मुर्तिकला, कास्ठ कला, टोपि, मुकुन्डो, नेपली बाजाहरु, धिमे, मादल, सारङ्गी, डमरु, छुस्या लगायतका सामग्री हरु प्रदर्शन गरिएको थियो भने स्तल मा आउने पाहुनाहरुलाई नेपाली दूताबासको सौजन्य बाट प्राप्ट नेपाल सम्बन्धि प्रचार सामाग्री, नक्सा, पोस्टर हरु बितरण गरिएको थियो । स्टल मा राखिएको बिशाल नेपाली झण्डा र सामाग्रीले मेलामा आउनेहरुको ध्यान आकर्षण गरेको थियो ।

सोहि कार्यक्रममा नेपाली सांगीतिक समुह “हिमालयन भाईब्स”ले धिमे, राजमति, सेब्रु लगायतका धून प्रस्तुत गर्दा सबैको ध्यान आकर्षित गरेको थियो । सो सांगीतिक प्रस्तुति प्रसिद्द मादल बादक सानुराजा महर्जन को नेतृत्वमा हरि लम्साल, प्रदीप बान्स्कोटा, मनोज राज्भन्ण्डारि, बिजु सिं, उत्तम माकजुले गरेका थिए ।सांगीतितिक प्रस्तुति पस्चात गुथिका युबा सदश्यहरु आयुश्ना श्रेस्थ र राएना श्रेस्थले “पक्षिम कोहि पूर्ब घर” गीतमा आकर्षक नृत्य प्रस्तुत गरेका थिए ।

गुथिका महिला सदश्य तथा स्वयम सेबक मौसमि ताम्राकारले क्यानडामा पनि आफ्नो मातृभूमिको कला, संस्क्रिति, परम्परा बारे यहाँ बासिन्दाहरुलाइ बताउन पाउदा आफुलाइ धेरै खुसि लागेको बताए। नेपाली कार्यक्रम बारे “बुल्गेरियन फेम” पत्रिका तथा अन्य संचार माध्यमले समाचार प्रकाशित गरेका थिए ।

प्रतिक्रिया