बिहीबार, कार्तिक १३ २०७७
काठमाडौं २२:१२
वासिङटन डिसी 12:27

हाइटेन्सनमुनि जग्गा खाली गर्न निर्देशन

इनेप्लिज २०७४ असार १९ गते १४:२६ मा प्रकाशित

काठमाडौँ, १९ असार । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले उपत्यकाका नगरपालिकालाई ठूलो ‘हाइटेन्सन लाइनमुनि’ का केन्द्रबाट दायाँबायाँ २५-२५ फिट जग्गा खाली गराउन निर्देशन दिएको छ ।

मन्त्रालयले आज उपत्यकाका नगरपालिकालाई पत्राचार गरी यस्तो निर्देशन दिएको प्रवक्ता रुद्रसिंह तामाङले राससलाई जानकारी दिनुभयो ।

“हाइटेन्सन लाइनमुनि’का केन्द्रबाट दायाँबायाँ २५÷२५ फिट जग्गामा कुनैपनि भौतिक संरचना निर्माण स्वीकृति दिँदा पालना गर्नुपर्ने मापदण्ड बमोजिम गर्न र त्यस्तो मापदण्डको पालना नगरी कुनै संरचना बनेको भए अनुगमन गरी भत्काउन उपत्यकाका सबै नगरपालिकालाई निर्देशन दिइएको छ”–उहाँले भन्नुभयो ।

‘हाइटेन्सन लाइन’ मुनिका केन्द्रबाट दायाँबायाँ २५ फिटमा बनेका संरचना भत्काउन स्थानीय विकास मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले असार ४ गते सचिवस्तरीय निर्णय गर्नुभएको थियो ।

प्रतिक्रिया