मंगलबार, कार्तिक ४ २०७७
काठमाडौं ०८:५१
वासिङटन डिसी 23:06

NRNA अमेरिकाको बोर्ड सदस्यमा प्राध्यापक डा प्रकाश अर्याल उम्मेदवार

इनेप्लिज २०७४ असार १९ गते ७:०५ मा प्रकाशित

Radiation Oncology का सहायक प्राध्यापक PhD, DABR प्रकाश अर्यालले गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिका (NRNA NCC USA) २०१७-२०१९ कार्यकालको लागि बोर्ड सदस्य (Board of Director) का लागि उम्मेदवार भएको घोषणा गर्नु भएको छ।
नेपालको स्याङ्गजा जिल्लामा जन्मेर त्रिभुवन विश्व विद्यालयाबाट १९९१ मा फिजिक्शमा एमएससी गर्नु भएका डा अर्यालले १९९५ मा भारतको Bombay University बाट Dip. R.P., Radiological Physics समेत गर्नु भएका छ। १९९९ मा Radiation Therapy मा MSBS को अध्ययन गर्न अमेरिका आउनुभएका डा अर्यालले अन्तत University of Kentucky बाट २०१४ मा Physics मा PhD गर्नुभएको छ।हाल उहाँ डेलावार बस्दै आउनु भएको छ।
डा अर्यालले विभिन्न संस्था, इन्स्टिट्यूशन र अस्पतालहरुमा काम गर्नुभएको लामो इतिहास छ। उसो त उहाँले त्रिभुवन बिश्व विद्यालयमा पढाउनु पनि भएको हो। तर १९९५ देखि १९९७ सम्म भने नेपालको सबैभन्दा पुरानो मध्येको बिर अस्पतालमा Medical Physicist and Radiation Safety Officer हुनुहुन्थ्यो।
हाल भने डा प्रकाश अर्याल Union Hospital, मेरिल्याण्डमा काम गर्नाका साथै University of Maryland, Baltimore मा Department of Radiation Oncology का सयायक प्राध्यापक पनि हुनुहुन्छ। सन २००० देखि American Association of Physicists in Medicine (AAPM) का सदस्य बन्नु भएका डा अर्याल American Brachytherapy Society (ABS) लगायत संस्थाहरुमा समेत आवद्ध हुनुहुन्छ। नेपाली समुदायका Forum of Nepalese in America (FONA) र Kentucky Nepali Society (KNS) दुवै संस्थाको अध्यक्ष समेत भइसक्नु भएको छ। उहाँका अनुसन्धानका दर्जनौ प्रकाशनहरु छन् भने थुप्रै रिवार्डहरु पनि पाउनु भएको छ।

 

यसै बीच आफु गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिका (NRNA NCC USA) संस्थालाई केही योगदान दिनको लागि, नेपाली समुदायको एक तहको सामाजिक र अन्य क्षेत्रमा स्तर उकास्नको लागि योगदान दिन इच्छित भएकोले बोर्डको सदस्य (Board of Director) को लागि उम्मेदवार भएको कुरा कृष्ण के सी सँग बताउनु भएको हो।

प्रतिक्रिया