एनआरएन अमेरिकाको उपाध्यक्षमा अर्यालको उम्मेदवारी

इनेप्लिज २०७४ असार १६ गते ३:१९ मा प्रकाशित


गैरआवासिय नेपाली संघ अमेरिकाको आसन्न जुलाईमा हुने निर्वाचनमा लामो समयदेखि समाजसेवामा सक्रिय गजेन्द्र अर्यालले उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन । हाल मेरील्यााण्ड बस्दै आएका अर्याल नेपलिज् एसोसियन ईन साउथ ईष्ट अमेरिका (नासा)को हालका कार्यकारी समितिको सदस्यमा रहेर काम गर्दै आएका छन ।

नेपालको त्रिचन्द्र क्याम्पसमा पढ्दैदेखि सक्रिय विधार्थी राजनीति गर्दै आएका अर्याल नेपाल टिभीद्धारा सन्चालित चिन्तन मननको समेत प्रस्तोताका रुपमा काम गरिसक्नु भएको छ । मानव अधिकार र स्वतन्त्रताका लागि सदैव वकालत गर्दै आएका अर्याल नासाको नेपाल फोरक संयोजक भै सफल काम गरिसकेका छन । लामो समयदेखि सामाजिक क्षेत्रमा सक्रिय अर्यालले आफु उपाध्यक्षका लागि आग्रह गर्दै नेपाल र नेपालीको हितमा काम गर्नै बताउँदै आएका छन ।

प्रतिक्रिया