एएनए नयाँ कार्यकारी समिति गठन ,ट्रस्टी अध्यक्ष मा प्रा डा अम्बिका प्र.अधिकारी निर्वाचित

इनेप्लिज २०७४ असार १६ गते ०:३७ मा प्रकाशित

उत्तर अमेरिकामा सन् १९८३ मा स्थापित राष्ट्रिय स्तरको नेपालीहरुको पुरानो संगठन दि एसोसिएसन अफ नेप्लिज इन अमेरिका(एएनए )को निर्वाचन सम्पन्न भै नयाँ कार्यकारी समितिको गठन भएको छ l

एएनए निर्वाचन समिति को गत जुन २६ तारिखमा प्रेषित छापा बिज्ञप्ति अनुसार अध्यक्ष तथा अन्य पदाधिकारी लगायत ७ जना को समिति बनेको छ l उक्त नयाँ समितिमा अध्यक्ष मा मेदिनी अधिकारी निर्वाचित भएका छन् भने वरिष्ठ उपाध्यक्ष मा खगेन्द्र अधिकारी निर्वाचित भएका छन् l

यसै गरि ३ जना उपाध्यक्षहरुमा क्यानाडा क्षेत्रका लागि डा तुलसी धरेल ,मध्यवर्ती क्षेत्रको लागि उपाध्यक्षमा राजेन्द्र खतिवडा तथा पश्चिमी क्षेत्रका लागि मुकुन्द ढुंगाना निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ l यसको साथै युवा संयोजकमा श्याम सेडाई तथा संचार निर्देशकमा दुर्गा दाहाल निर्वाचित भएका छन् l

यसको साथै एएनए ट्रस्टीको अध्यक्षमा सर्व सम्मति बाट प्रा डा अम्बिका प्रसाद अधिकारी निर्वाचित भएको जानकारी एएनए का वरिष्ट उपाध्यक्ष खगेन्द्र अधिकारीले दिएका छन् l नव निर्वाचित पदाधिकारीहरुको सपथ ग्रहण आगामी जुलाई २ तारिख बाल्टिमोरमा हुने भएको छ l समितिको कार्यकाल २०१७ देखि २०२० सम्म रहने छ भने एएनए निर्वाचन समितिको सभापतिमा महेन्द्र कार्की ,सह सभापतिमा कृष्ण निरोला तथा सदस्यमा विजय कुमार भट्टराई रहेका थिए l

यसको साथै एएनए बार्षिक सम्मेलन जुलाई ४ तारिखमा बाल्टिमोर मा हुने भएको छ l उक्त सम्मेलनको लागि अमेरिकाका अन्य राज्यहरुबाट एएनए का शुभ चिन्तक ,पदाधिकारी ,आजीवन सदस्य तथा आमन्त्रित अतिथिहरु आउने भएका छन् l सवै जसो क्षेत्रमा चोईटिने ,टुक्रिने ,बिभाजन तर्फ उन्मुख भै रहेको वर्तमान परिस्थितिमा ३४ बर्ष को ईतिहास बोकेको एएनअब जोड्ने ,मिलन गराउने र गोलबद्ध हुने तरखरमा हिडी रहेको वरिष्ठ उपाध्यक्ष खगेन्द्र अधिकारीले बताए l

एएनए अब साझा उदेश्यको लागि एक जुट र गोलबद्ध हुने मानसिकता लिएर हिडेकोले यसको लागि अमेरिकामा रहेका प्रसिद्ध अन्य सामाजिक संस्थाहरु संग साथ हिड्ने मार्ग चित्र बनाई रहेको र अन्तरिक रुपमा यस बिषयमा छलफल भै रहेको अधिकारीले बताए l

यसै गरि एएनए का वर्तमान समिति सदस्य तथा बानाका पूर्व अध्यक्ष विजय श्रेष्ठले एएनए एक ढिक्का हुने तरखरमा काम गरि रहेको र सकारात्मक परिणाम आउने कुरामा आफु बिश्वस्त रहेको बताए l

 

 

 

 

प्रतिक्रिया