वेलायती गोर्खा सैनिकहरुले दोस्रो विश्व युद्धमा छोडिएको खुकुरी भेटाए

इनेप्लिज २०७४ असार १४ गते १:२९ मा प्रकाशित

इटाली , आषाढ १४ । वेलायती गोर्खा सैनिकहरुले ईटालीको क्यासिनो सहरस्थित हेग्ङ्गम्यान डाँडाँमाअध्यन गरिरहेका थिए । स्थानियवासी डेमियानोले एक्कासी दोस्रो विश्व युद्धमा एक गोर्खा अफिसरलेमायाको चिनो स्वरुप दिएका खुकुरी निकाल्दै गोर्खाहरुलाई चकित पारे ।

करिब ५ सय मिटर अग्लो उक्त डाडाको बारेमा क्याप्टेन राम राईले भने -‘ बादर पनि लडि झर्ने यस्तोभिरालो डाडामा पुर्खाहरुले कसरी लडाई लडे मलाई अचम्म लागिरहेको छ ।’ सियसयस कम्पनीका अफिसर कमान्डिगं मेजर राज राईले ७३ बर्ष पछि पूर्व गोर्खा सैनिकहरुले युद्धमा प्रयोग गरेको खुकुरी फेला पार्दा आफु भाबुक बने पनि लडाईको लागी निकै उत्साह बढेको बताए ।

सन् १९३९ बाट चर्किएको दोस्रो विश्व युद्ध झनै चर्किन थालेपछि आफनो देशलाई सुरक्षा दिनईटालीको मध्य भूभागमा रहेको करिब २ हजार मिटर अग्लो डाँडाँहरुमा जर्मनका हिटलरले आफ्नोसैनिकहरु सुरक्षाका लागि सन् १९४३ सेप्टेम्बरबाट तैनाथ गरेका अवकाश प्राप्त व्रिगेडियर जेनेरलरिचर्डले जानकारी दिए ।

सन् १९४४ मे महिनामा क्यासिनो सहरमा युद्ध सकेर फर्किन लाग्दा १/९ गोर्खा रेजिमेन्टका गोर्खाअफिसरले मायाको चिनो स्वरुप उक्त खुकुरी डेमियानोको काकालाई दिएको जानकारी गराए ।

दोस्रो विश्व युद्ध सन् १९४४ मा सकिए लगतै गोर्खा रेजिमेन्टका मुख्य कार्यलयले गोर्खा राईफल्सका सियसयस कम्पनीलाई युद्ध सम्मानको घोषणा गरेका थिए । करिब ७३ बर्ष पछि पहिलो चोटि दोस्रो गोर्खा राईफल्सका सैनिकहरुले रणभूमिको अध्यन गर्न ईटालीको क्यासिनो सहर गएका हुन् ।

खुकुरी नेपालको आदर्श विरताको चिनो हो। यो नेपालीहरूको आधारभूत र पारम्परिक जरुरीहतियार मान्दै आईरहेका छन् । हतियारको रूपमा धेरै प्रभावशाली मानिने खुकुरी, विश्वमा छरिएररहेक गोर्खालीहरूको चिनो मात्र होईन, शान पनि हो। यो नेपाल आर्मीहरुले पनि हतियारको रुपमाप्रयोग गर्दै आईरहेका छन् ।

नेपाल- अंग्रेज युद्धमा समेत नेपालीहरूले खुकुरीकै सहायताले लडेका थिए। खुकुरी राख्ने भाँडोलाईदाप भनिन्छ । वेलायती गोर्खा सैनिकमा मुख्यतय दुई प्रकारका खुकुरी प्रयोग गरीन्छ ।

विगत द्धिशतबार्षिकीबाटै वेलायती गाउघर र संसारभर खुकुरी नृत्य अत्यन्तै लोकप्रिय बनिरहेको छ।

प्रतिक्रिया