नेपाली पाठशालाको पाठ्यक्रम विकासका लागि समिति गठन

इनेप्लिज २०७४ असार १० गते ९:२७ मा प्रकाशित

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजबाट नेपाली पाठशालाको पाठ्यक्रम विकासका लागि एक समिति गठन गरेको छ । पुष्पराज पौडेल संयोजक रहनु भएको सो समितिमा डा. लक्ष्मीनारायण ढकाल, श्री श्यामल अधिकारी, डा. ऋषि बस्ताकोटी र डा . चुडामणि खनाल सदस्यमा रहनु भएको छ । समाजका अध्यक्ष पदम विश्वकर्माको अध्यक्षतामा हालै सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकमा सो निर्णय भएको हो ।

समितिले विश्वका बिभिन्न स्थानमा संचालन भैरहेका पाठशालाहरुलाई सहयोगार्थ निशुल्क रुपमा प्रदान गर्ने गरी एकरुपता प्रदान गर्न सजिलो हुने र पाठशालाहरु उच्चस्तरमा संचालन गर्न सहयोग पुग्ने जनाइएको छ । यस पाठ्यक्रमको आधारमा पाठशालाहरु संचालन गर्दा बिद्यार्थीहरुले सजिलै नेपाली अक्षर र अंकको सुनाई, बोलाई, पढाई, लेखाई, नेपाली भाषा र साहित्यको चिनारी, अंकगणित, नेपाली संकृति र चाडपर्व लगायत व्यक्तित्व र सांस्कृतिक ज्ञान प्रदान गर्ने छ । यसका अतिरिक्त पाठ्यक्रममा पाठ्यसामग्रीहरुको विवरण, पाठ योजना, स्थानीयस्तरमा ज्ञानबर्धक शैक्षिक तथा सामाजिक दृश्यावलोकनहरु पनि समाबेश गरिने छ ।

यसबाट नेपाली भाषाका पाठशालाहरु संचालन गर्न इच्छुक र पाठशालाहरु संचालन गरिरहेका अनेसासका निकाय लगायत एनआरएन, भूटानी नेपाली समुदाय र अन्य संघ संस्थाहरुले पनि सो पाठ्यक्रम निशुल्क रुपमा नमूनाको रुपमा प्रयोग गर्न सकिने र ती संघ संस्थाहरुलाई पाठ्यक्रम तर्जुमा गरिरहने झन्झट नहुने बिश्वास लिईएको छ । यही डिसेम्बरसम्ममा नेपाली पाठशालाको पाठ्यक्रमको तर्जुमा गरिसक्ने पनि जनाइएको  छ ।

प्रतिक्रिया