मिस्ड कलको अडियो सार्वजनिक

इनेप्लिज २०७४ असार १० गते ९:२२ मा प्रकाशित

चर्चामा रहेको उपन्यास “मिस्ड कल” कवि, गीतकार, गायक एवं साहित्यकार सुरेन्द्र महर्जन”अमर” को चौधौं कृति हो । जुन मिस्ड कल उपन्यासको अडियो सार्वजनिक भएको छ । सुरेन्द्र महर्जन”अमर” को चर्चित उपन्यास “मिस्ड कल” धेरै भन्दा धेरै कम समयमा एक हजारप्रति बजारबाट बिक्रीवितरण भएको ब्रदर्श बुक पब्लिकेसन्सले जानकारी पनि दिएको छ । के. के अधिकारीले अडियो वाचन (उद्धोशन) गरेको उक्त अडियोमा सुरेन्द्र महर्जन”अमर” कै रचनामा रहेको बहुचर्चित गीत मेलिना राईको स्वर रहेको सुपर हिट “म भन्दा नि” र निता थापा मगरको स्वर रहेको मन छुने हिट गीत “तड्पिएर बाँच्ने म पीडा दिने तिमी” को सुमधुर संगीत रहेको छ ।

“म भन्दा नि” र “तड्पिएर बाँच्ने म” दुबै गीतलाई उत्कृष्ट संगीत दिने संगीतकार राज कुमारको संगीत “मिस्ड कल” उपन्यासको अडियोमा समावेश गरी उपन्यास सुन्ने सबैलाई संगीतको पनि अलग्गै आनन्दको अनुभुती दिएको छ । सार्वजनिक उपन्यास एम सिरिजको युटुबमा सार्वजनिक भएको हो ।

प्रतिक्रिया