समुदायलाई बिशेष धन्यवाद ,हाम्रा कमि कमजोरी प्रति हामी क्षमा प्रार्थी छौ -ईनेप्लिज

इनेप्लिज २०७४ असार ८ गते १:४३ मा प्रकाशित

गत जुन १७ तारिख ईनेप्लिज ५ औ बर्ष पुगेको अवसरमा डिसी क्षेत्र को आर्लिंगटनमा सम्पन्न गरिएको बार्षिक उत्सवमा उपस्थित हुने सम्पूर्णमा एक मुष्ट कृतज्ञता ज्ञापन गर्न चाहन्छौ l समाज र समुदायलाई उच्च प्राथमिकता दिदै आएको ईनेप्लिज लाई यहाँ हरुले देखाउनु भएको समर्थन र उपस्थिति को जति नै प्रशंसा गरे पनि कम हुन्छ l समुदायले हामी प्रति देखाएको बिश्वासलाई कहिले टुट्न दिदैनौ l हामी केवल समुदाय प्रति केन्द्रित हुने छौ ,यो हाम्रो प्रतिबद्धता हो l

हाम्रो निम्तोलाई स्वीकार गर्दै अमेरिकन व्यस्त जीवन र व्यस्त समय को बाबजुद पनि समुदायलाई ५ बर्ष देखि अनवरत सेवा पुर्याएको ईनेप्लिजको कार्यक्रमलाई शोभा बढाई ईनेप्लिज लाई हौशला प्रदान गर्नु हुने नेपाली समुदाय प्रति हामी पुन : एक पटक सलाम गर्न चाहन्छौ l

हामी निस्वार्थ र निसर्त रुपमा काम गर्ने छौ यो कुरामा कोहि पनि दुबिधा नहुन हामि ध्यानाकर्षण गर्दछौ l उत्सव मनाउने क्रममा हाम्रा धेरै कमजोरी रहे ,त्यो हामी सहर्ष स्वीकार गर्दछौ l यस्लाई समाजले अन्यथा लिने छैन भन्ने कुरामा हामी बिश्वस्त छौ l कार्यक्रम कक्ष खचाखच भरिएर उभिनु र बाहिर समेत निस्कनु भएकोमा हामीलाई दुख लागेको छ l हामी चूक्यौ ,गल्ती भएको छ र त्रुटी भएकोमा हामी यो ज़िम्मेबारी लिन्छौ ।

डीसी क्षेत्र मात्र नभई अन्य राज्यहरु बाट आउनु हुने बिशेष अतिथिहरु ,प्रायोजक ,लेखक ,हाम्रा सहयोगी हातहरु ,शुभ चिन्तक ,संघ/संस्थाका प्रतिनिधि, कलाकार ,विद्वतवर्ग ,संचार कर्मी ,बिभिन्न पेसामा संलग्न व्यक्तिहरु ,अमेरिकाका लागि नेपाली राजदुत ,महा बाणिज्य दुत लगायत सबैमा हामी बिशेष धन्यवाद ज्ञापन गर्न चाहन्छौ l

हामी यहि रफ्तारलाई यथावत राख्दै हाम्रो कर्तब्य प्रति हामी कहिले चुक्ने छैनौ l पुन : एक पटक हाम्रा कमि कमजोरी लाई निस्वार्थ भावनाले गरेको सेवा लाई मन मा नराख्न र हामीलाई क्षमा गरि दिनु हुने छ भन्ने विश्वास लिएका छौ l

धन्यवाद

ईनेप्लिज परिवार

प्रतिक्रिया