आडम्बर को गन्ध नआउने ईनेप्लिज थापा दाजुभाई -साहित्यकार तथा समाजसेवी प्रकाश नेपाल

इनेप्लिज २०७४ असार ६ गते २२:५२ मा प्रकाशित

ईनेप्लिज ५ औ बर्ष पुगेको उपलक्ष्यमा आर्लिंगटन लाइब्रेरी गए l १२ बजे सुरु हुने भनेको कार्यक्रम हाल खचाखच भरिएको रहेछ जुन मैले पूर्व अन्दाज गरेर नै १२ बजे भन्दा ढिला नाग्न्रे विचारले त्यहाँ पुगे l धेरै समय पछि आर्लिंगटन लाईब्रेरी को हल यति खचाखच भरिएको पहिलो पटक हो l

जुन मलाई पट्ट कै आश्चर्य लागेन l सवै आफ्नो कार्यक्रममा मान्छे गुहार्नु पर्ने l लौन मेरो लागि आई दिनु पर्यो l भनेर फरियाको नाता लगाएर हुन्छ कि आफ्नो कुनै जमानामा गरेको गुन को फिर्ती रकम मागेर हुन्छ हुन्छ कि – यी भनाउदा “समाजसेवी ” हरु जेनतेन ८-१० जना मान्छे जम्मा गर्छन l

र आफै तारिफ गरेर ठुला ठुला समाचार बनाउछन l तर आजको कार्यक्रम बने नितान्त फरक थियो l फरक यस अर्थमा कि ईनेप्लिज को विश्वराज थापा बिशुद्ध निस्वार्थी मान्छे हुन् l

समाजमा कहाँ कार्यक्रम हुदै छ ,सवैको समाचार बनाई दिने भए उनै विश्वराज थापा र उनैका भाई  नेपली भाषा पक्षधर विजय थापा लाई छ l यसैले पनि डिसी वरिपरि बस्ने समाजले विश्वराज थापा र उनका भाई विजय थापा लाई राम्रो संग चिन्यो l

मान्छे स्वाभाविक स्वभाव होला जब उ सत्ता मा पुग्छ वा मौका पाउछ उसले त्यसैले फाइदा उठाउछ र रातारात धनि बन्छ l अनि उसको अस्तित्व सदाको लागि समाप्त भए जान्छ l तर स्वार्थलाई पर सारेर आम मानिसको भलाईमा जुट्छ आफ्नो स्वार्थलाई ,त्यो मान्छे अजर अमर रहन्छ विश्व राज र विजय थापा ले त्यहि गरेका छन् l

निस्वार्थ सेवा -बिल्कुल निस्वार्थ सेवा विश्व राज थापा र विजय थापा डिसी वरपर बस्ने समाज सेवाका लागि आँखा हुन् l र ऐना हुन l मनमा एक थोपा पनि घमण्ड नभएका आडम्बरका कत्ति पनि गन्ध नआउने व्यक्तिहरु हुन् ,विश्वराज थापा र विजय थापा l

मैले यो आजको घडीमा डायरी लेख्दा मैले आफुलाई गर्न गरेको छु l यस्ता समाज सेवी बाट हामीले धेरै सिक्नु पर्छ l निस्वार्थ समाज सेवा l यो यति सानो तर यति महत्वपूर्ण कुरा नेपालका राजनीतज्ञ हरुले बुझेको भए देश धेरै माथि पुगी सक्थ्यो होला

मैले आजको मेरो डायरी मा यी पंक्तिहरु लेखि रहदा विश्वराज थापा तथा विजय थापा कि धर्मपत्नी लाई सम्झी रहेको छु l कति महान छन् ति नारी आत्माहरु जसले आफ्नो श्रीमानको काममा यति भरपुर सहयोग गरेका छन् l जय होस् वहाहरुको l

प्रतिक्रिया