बेवारिसे लाश ब्यबस्थापन गर्दै आएका बिनय भन्छन ‘मैले बाँचेको जिन्दगी हजारौको सपना हुन सक्छ’ [भिडियो सहित]

इनेप्लिज २०७४ असार ५ गते ०:११ मा प्रकाशित


महिनौंदेखि बेवारिसे अवस्थामा रहेका थुप्रै लाशहरुको जिम्मेवारी लिने कोही नहुँदा सद्गत समेत गर्न नपाई अस्पतालकै शव गृहमा कुहिएर बस्ने गरेका छन् । दुर्घटनामा परेकाहरुको सनाखत हुन नसक्दा, मृतकका परिवारले शव बुझ्न नआउँदा र पहिचान खुल्न नसकेका कारण पनि बेवारिसे लाशहरु थुप्रँदै गइरहेको बताइन्छ । टिकाथलीका एक समाजसेवी बिनयजंग बस्नेतले आज राजधानीमा बेवारिसे मृत्युवरण गरेका २ जनालाई व्यक्तिगत पहलमा ‘एक्सन फर सोसल चेन्ज’ को सहयोग र ललितपुर महानगरपालिकाको समन्वयमा पशुपतिको आर्यघाटमा आफैले दागबत्ति दिएर दाहसंस्कार गर्नुभएको छ।

उहाले यसअघि पनि राजधानीका अस्पतालहरुमा बेवारिसे मृत्युबरण गरेका धेरै शवहरुको दाहसंस्कार गरिसक्नुभएको छ । पिएनपिखबरसंग कुरा गर्दै अहिलेसम्म ४६ वटा शबहरुको दाहसंस्कार गरिसकेको उहाले जानकारी दिनुभयो । बिनयजंग बस्नेत बिगत लामो समयदेखि संचारकर्मी पनि हुनुहुन्छ । बिगतमा साथिभाईको संगतले गर्दा रक्सीको दुर्व्यसनीमा परेको र केहि समय परिवारबाट टाढा रहनुपर्दा नर्कको जीवन ब्यतीत गर्नु परेको उहाले बताउनुभयो । केहि समय सुधार केन्द्रमा बसेपछि दुर्व्यसनीबाट छुटकारा पाएपछि उहा सामाजिक सेवाको क्षेत्रमा सक्रिय हुनुभएको हो । यसरी बेवारिसे शबहरुलाई दाहसंस्कार गर्दा अहिलेसम्म उहालाई सरकार पक्षबाट केहि साथ र सहयोग बहेको छैन । यधपी पछिल्लो समय प्रहरी प्रशासनले सहयोग गरेको उहाले बताउनुभयो ।

आफ्नो बुबा सरकारी स्तरको ठुलो कर्मचारी भएतापनि मृत्युपश्चात टिचिंग अस्पतालमा बेवारिसे अवस्थामा बस्नुपरेको र साथै अरु शबहरु पनि बेवारिसे अवस्थामा देखेपछि आफु समाजसेवा अन्तर्गत बेवारिसे शबको दाहसंस्कार गर्न अभिप्रेरित भएको उहाले बताउनुभयो।

समाजसेवाको नौलो आयाम अन्तर्गत बेवारिसे शबहरुको दाहसंस्कार गर्ने कार्यमा सरकार पक्षबाट पनि साथ र सहयोगको खाचो रहेको छ । साथै सम्बन्धित निकाय पनि यसतर्फ गम्भीर हुनु जरुरी छ । समाजसेवी बिनयजंग बस्नेतको यो प्रयास र कदमको निरन्तरताको लागि सुभकामना ।

प्रतिक्रिया