गीतकार उपाध्यायको “गजल बहारमा रमाउने” साल २०७४ को उत्क्रिस्ट गजलमा मनोनयन।

इनेप्लिज २०७४ असार ४ गते १३:१४ मा प्रकाशित

छैटौं म्यूजिक खबर म्यूजिक अवार्ड २०७४ को मनोनयन सार्वजनिक भएको छ । छैटौं म्यूजिक खबर म्यूजिक अवार्ड २०७४ को मनोनयन सार्वजनिक भएको छ । अञ्जु पन्तको स्वरमा रहेको सत्यता-३ को गजल ” बहारमा रमाउने ” गजल ले सबै दर्शक र स्रोता को मन जित्न सफल मात्र भएन छैटौं म्यूजिक खबर म्यूजिक अवार्ड २०७४ मा उत्क्रिस्ट गजल मनोनयनमा परेको छ। गजल ले कसैको पर्खाई मा भनी रहेछ:

बहारमा रमाउने प्यास बाँकी छ अझै
तिमी फेरी आउने आश बाँकी छ अझै’।।

गीतकार उपाध्याय को तेस्रो एल्बम ” सत्यता-३” ” का अन्य गीतहरु पनी धमाधम रेकडिङ् भै रहेको जानकारी हामीलाई प्राप्त भएको छ। उपाध्यायले आफ्नो तेस्रो एल्बम “सत्यता-३” अन्जु पन्त जीको एकल स्वरमा तयार गर्ने पनी जानकारी गराउनु भयो। हाल धेरै चलचित्र र अन्य कलेक्सन अल्बममा ब्यस्त उपाध्यायले निकट भबिष्यमा अफुले कोरेका गीतहरुलाई सङालोको रुपमा ल्याउन को लागी ” सत्यता” नाम को गीतसङ्र्ह पनी निकाल्ने जानकारी गराउनु भयो।
बर्तमान नेपाली सङीत बजारमा अत्यधिक चर्चित र कुशल लेखन शैलीका धनी गितकार गोबिन्द प्रसाद उपाध्यायले कोर्ने हरएक शब्दलाई स्रोता र दर्शकले अत्यधिक रुचाएको हामिले पाएका छौ। गीतकार उपाध्याय ले हाल आएर बजारमा सबै किसीमका शब्दहरु कोर्ने गीतकार को रुपमा चिनिनुहुन्छ । हामि सङ को सानो कुराकानीमा वहा भन्नुहुन्छ म आधुनिक, गजल ,लोक पप, दोहोरी, चलचित्र गीत, आधुनिक पप,ज्याज, चाडपर्वका गीत जस्तै तीज , दशै तिहारगीत, लोक भाकाका गीत सबै लेख्न सक्षम छु त्यसैले मेरा शब्दहरु सङितका नया पुस्ता देखी पुराना पुस्ताको रोजाईमा परेका छन। म सङ सङितको जुन सुकै बिधाको शब्द तयार छन र हुन्छन। म कहा आएसी कोही कलाकार रित्तै हात फर्कनु पर्दैन यो कुरामा सबै ढुक्क भए हुन्छ वहा थप्नु हुन्छ ।

गीतकार उपाध्यायले रचेका चर्चित गीत तथा गजलहरुमा ” कहिले मिलन् कहिले बिछोद” बिश्वासमा छल गरी, तिमी बिना एक्लै, कस्तो माया लाईयो हजुर, म त तिम्रो नफापेको मान्छे, म शराबी, आ ई देउ माया लाईदेउ, यो मनमा तिमि बसिदेउन, टाढियौकिन, बहारमा रमाउने, होल नाईट डान्स, बेकाबु छ यो मौसम, बिस्तारै बिस्तारै र तिमी छैनौ जहा(कैफियत चलचित्र), वन साईड लब(चल्चित्र वन साईड लब), माया अन्तै साटिछे, सम्झनालाइ जाली रुमाल, बाबाले दिएको र चलेछ मग मग बासन(तीज गीत), दशै आयो तिहार आयो(दशै तिहार गीत), , यो के भयो(भुकम्प गीत), साझको बेला त्यो पारी पाखा) आदि रहेका छन।
२०७३ बैशाखदेखि चैतसम्म सार्वजनिक भएका गीतसंगीतको विभिन्न ३४ विधाको सर्वोत्कृष्ट पाँचभित्र पर्न सफल गीतको मनोनयन सार्वजनिक गरिएको हो । म्यूजिक खबरको आयोजनामा विगत ६ वर्षदेखि आयोजना हुँदै आइरहेको म्यूजिक खबर म्यूजिक अवार्डको यो छैटौं संस्करण हो । आगामी असार २९ गते राष्ट्रिय नाचघर जमलको प्रेक्षालयमा सम्पन्न हुन गइरहेको यस अवार्डको सहआयोजकका रुपमा भने सांस्कृतिक संस्थान जमल रहेको छ ।

 

प्रतिक्रिया