अमेरिकाको भर्जिनियाकी कानुनी अधिवक्ता बन्दिता सर्मा दाहालको प्रयास र प्रायोजकमा नेपाल ल क्याम्पसमा साईबर अपराधबाट बच्ने उपायबारे जनचेतनामुलक कार्यक्रम

इनेप्लिज २०७४ असार ३ गते २:३८ मा प्रकाशित
 बिष्णु प्रिया रिजाल (DCnepal.com) काठमाण्डौं, जुन १६, २०१७ – साईबर सेक्युरिटी ईन्टरन्यासनलले अमेरिका, क्यानडा, नेपाल लगायत बिभिन्न ठाउँमा संचालन गर्दै आएको साईबर अपराध र सुरक्षा सम्बन्धी प्रयोगात्मक तालिम नेपाल-ल-क्याम्पसका बिधार्थीहरुलाई पनि प्रदान गरियो । अमेरिकाको भर्जिनियामा ईमिग्रेसन सम्बन्धी वकालत गर्नुहुने अधिवक्ता बन्दिता सर्मा दाहालको प्रयास र प्रायोजकमा उक्त कार्यक्रमको आयोजना गरिएको थियो । अधिवक्ता दाहालले नेपालमा रहंदा नेपाल-ल-क्याम्पसमै अध्ययन गर्नु भएको थियो ।
अध्ययनको सिलशिलामा अमेरिकामा आएर वकालत सम्बन्धि स्नाकोत्तर तह पुरा गरि अहिले ईमिग्रेसन सम्बन्धी आफ्नो ब्यावसाय संचालन गर्नु भएको छ । अमेरिकामा बस्ने नेपाली र नेपालमा बस्ने नेपालीहरु वाहाँको सेवाबाट लाभान्वित भएका छन ।

छात्र र छात्रा गरि करिब ७० जना बिधार्थीहरुको सहभागिता रहेको उक्त कार्यक्रममा दाहालकी पिता र माताको उपस्थिती हुनुका साथै दाहालले अमेरिकाबाट भिडियो मार्फत आफ्नो सहभागिहरुलाई आफ्नो सन्देश पठाउनु भएको थियो । दाहालको सन्देश पछि वाहाँकी पिता माताले आफ्नी छोरीको बाल्यकालको बारेमा बिधार्थीहरुलाई जानकारि गराउनु भएको थियो । साईबर सेक्युरिटी ईन्टरन्यासनलको तर्फबाट मानिशा रानाभाटले कार्यक्रमको समायोजन गर्नु भएको थियो भने संस्थाका सदस्य साईबर सुरक्षा संम्बन्धी बिज्ञ प्रोफेसर कुमार पुडासैनीले करिब ४ घण्टासम्म जनचेतनामुलक प्रयोगात्मक तालिम प्रदान गर्नु भएको थियो ।

उक्त तालिम अहिले भईरहेको साईबर अपराधबाट कसरि बच्ने र फोन, फेसबुक, ईन्टरनेट, कम्प्युटर, वाईफाईलाई कसरि सुरक्षित तरिकाले चलाउने भन्ने बिषयमा केन्द्रित रहेको थियो । अन्तमा कार्यक्रम सम्बन्धी बिधार्थीहरुले आ-आफ्नो प्रतिकृया दिएका थिए ।

आँफुले अध्ययन गरेको क्याम्पसका विद्यार्थीहरुलाई साईबर सुरक्षा संम्बन्धि चेतना जगाउने अभिप्रायले प्रायोजन गर्नु हुने अधिवक्ता बन्दिता सर्मा दाहाल ज्युलाई साईबर सेक्युरिटी ईन्टरन्यासनल वशिङ्टन डिसी र नेपाल परिवार हृदयदेखि नै धन्यवाद दिन चाहान्छ ।

साईबर सुरक्षाको बारेमा जनचेतना जगाउने अभिप्रायले साईबर सेक्युरिटी ईन्टरन्यासनल अमेरिका र नेपालद्वार बिगत २ बर्ष देखि नेपालका बिभिन्न जिल्लाहरुमा स्कुल, क्याम्पस, कार्यालयहरुमा यो प्रयोगात्मक तालिम संञ्चालन गर्दै आईरहेको छ । अहिले सम्मको कार्यक्रमहरुबाट २० हजार भन्दा बढि सहभागिहरु लाभान्वित भैसकेका छन । यस कार्यक्रमका जन्मदाता संचालक हाल अमेरिका निवासी साईबर सुरक्षा बिशेषज्ञ प्राध्यापक डा. रामहरि सुबेदी हुनुहुन्छ । डा. सुबेदीलाई  नेपाल प्रहरी केन्द्रिय अनुसन्धान बिभगले साईबर सुरक्षा सल्लाहकारको रुपमा पनि नियुक्ती गरेको छ ।

अमेरिकाको वाशिङ्टन डिसी, काठमाण्डौं, चितवन, झापा जिल्लाहरुमा साईबर सेक्युरिटी ईन्टरन्यासनलको उपसाखाहरु पनि रहेको छ । यदि याहाँहरुले पनि आफ्नो स्कुल, क्याम्पस, समाजमा पनि साईबर सुरक्षा सम्बन्धि तालिम लिन र दिन चाहानुहुन्छ भने [email protected] मा संर्पक गर्न सक्नु हुनेछ ।

 

कार्यक्रममा सहभागि बिधार्थीहरु

 

 

प्रतिक्रिया