पोखरामा भेटियो ५०० को यस्तो नक्कली नोट (भिडियो)-नक्कली नोट कसरी थाहा पाउने ?

इनेप्लिज २०७४ जेठ ३१ गते ११:३९ मा प्रकाशित

पोखरामा दिनहुँजसो नक्कली नेपाली नोट भेटिने क्रम रोकिएको छैन । राष्ट्रबैंकका अनुसार गएको माघ दोश्रो सातादेखि नक्कली नोट भेटिएको हो । हालसम्म पोखराबाट मात्रै १ सय ४० वटा पाँच सयका नक्कली नोट र १० वटा एक हजारका नक्कली नोट राष्ट्रबैंकमा जम्मा भैसकेको नेपाल राष्ट्रबैंक पोखराका प्रमुख
पोमनाथ गौतमले बताए । सक्कली र जाली नोटलाई कान नजिकै लगेर हल्लाएमा सक्कली नोटको आवाज कडा र खड खड गर्ने हुन्छ भने जाली नोटको आवाज कम हुन्छ ।

सक्कली नोटको कागज स्तरीय, अलि खस्रो र कडा हुन्छ भने जाली नोटको कागज छाम्दा चिप्लो, लुलो र मोटो हुन्छ । जाली नोट सक्कली नोट जस्तो चहकिलो पनि हुँदैन । सक्कली नोटको रंग स्पष्ट र सफा गाढा हुन्छ भने जाली नोट हल्का, अस्पष्ट र फुङ्ग उडेको जस्तो देखिन्छ । सक्कली नोटलाई उज्यालो तिर फर्काएर हेरेमा नोटको दायातर्फ रहेको भागमा पानी छाप स्पस्ट देखिन्छ भने जलि नोटमा केहि कालो दले जस्तो अस्पष्ट देखिन्छ ।

र यो भिडियो पनि हेर्नुहोस ।

प्रतिक्रिया