शान्ता अधिकारी घिमिरेको मर्मस्पर्सी लोकदोहोरी गीत ” के छ खबर यू. यस. तिरको” भिडियो सार्बजनिक

इनेप्लिज २०७४ जेठ ३० गते २२:०८ मा प्रकाशित

नेपाली लोक संगीत क्षेत्रका बहुचर्चित लोकदोहोरी गायक बिमल डाँगी र सरिता डाँगीको सुमधुर आवाजमा गीतकार कवियत्री शान्ता अधिकारी घिमिरेको मर्मस्पर्सी लोकदोहोरी गीत ” के छ खबर यू. यस. तिरको”बजारमा आएको छ ।

बिमल डाँगीको उत्कृष्ट लय र कवियत्री शान्ता अधिकारी घिमिरेको मार्मिक शब्द सृजनामा बजारमा आएको गीतलाई विन्ध्यवासिनी म्यूजिक प्रालिले बजार ब्यबस्थापन गरेको छ। चर्चित मोडल सारिका केसी र गौतम महेन्द्रको उत्कृष्ट अभिनयमा तयार भएको म्यूजिक भिडियोको छायांकन भने राजेश घिमिरेले गरेका हुन् ।

कपिल लामाको उत्कृष्ट निर्देशनमा तयार भएको गीतको म्यूजिक भिडियोको सम्पादन सुजन साहीले गरेका हुन् ।गीत निकै मार्मिक बनेर बजारमा आएको छ ।

प्रतिक्रिया