७४ सालको पहिलो तिज गित ”बाबा भन्छे यार” सार्बजनिक,बढ्दै गएको सामाजिक बिकृती माथी ब्यङ्य प्रहार,हरेक परदेशीले हेर्नै पर्ने भिडियो….

इनेप्लिज २०७४ जेठ २५ गते ९:१६ मा प्रकाशित

 

हिन्दु नारीहरुको महान चाड हरितालिका तीज आउन करीब २ महिना बाँकी भए पनि कलाकारहरुलाई भने तीजको चटारो सुरु भैई सकेको छ।कतीपय कलाकार गित रेकर्डिङ गर्न ब्यस्त छन भने कतीपय तिजका गितहरु धमाधम छयान्कन भैरहेकाछन ।गत बर्ष जस्तै यो बर्ष पनि तिजका गितहरुको अत्याधिक चाप रहेको रेकर्डिङ स्टुडियो हरुले जानकारी गराएका छन ।

यो बर्षको तिजको गित सार्बजनिक गर्ने क्रममा युबा गायक प्रबिण थापा अगाडी देखिएका छन ।उने ’’बाबा भन्छे यार’’ नामक गित आफ्नै युटुब मार्फत सार्वजनिक गरेका हुन।समाजमा बढ्दै गएको सामाजिक बिकृती माथी ब्यङ्य प्रहार गरेको यो गितमा प्रबिण थापा र कबिता खनालको स्वर रहेको छ।आफ्नै सब्द संगितमा तयार पारिएको यस गित मार्फत श्रीमान बिदेस गएपछी कसरी श्रीमती बिग्रन्छन भनेर आफुले रोमान्टिक ड्ंगले प्रस्तुत गरेको जानकारी गराएका छन । महिला र पुरुष दुबैको कारण धेरैको सुन्दर घरबार खरानी बनेको आफैले देखेकोले यस्तो गम्भिर बिषय गित मार्फत उठाएको बताएका छन । बिक्रम दाहालको निर्देशन,अनिश लामाको उत्कृष्ट कोरियोग्रफिमा चन्दा दाहाल र मिलन शंकरको मुख्य अभिनय रहेकोछ।फस्ट लुक डान्स क्लबमा छ्यन्कन गरिएको भिडियोलाई मुकेश हुमागाइले खिचेका हुन।एक चोटी अबश्य हेर्नुहोस सामाजिक बिकृती माथी ब्यङ्य प्रहार गरिएको सन्देशमुलक गित।भिडियो हेर्नको लागी तलको लिन्कमा क्लिक गर्नुहोस।

प्रतिक्रिया