नेपालीले आयोजना गरेको सत्यनारायण पुजामा भारतीयहरुको भीड

इनेप्लिज २०७४ जेठ २२ गते १०:३९ मा प्रकाशित

लवक, लवक अमेरिकाको टेक्सास राज्यको उत्तरपश्चिम भूभागमा पर्ने सानो सहर हो । न्युमेक्सिको, कोलोराडो र टेक्सासको जक्सनको रूपमा चिनिने यो ठाउ टेक्सास टेक नामक विश्वविध्यालयका कारण लोकप्रिय छ । अमेरिकामा वस्ने धेरै नेपालीहरूलाई यो ठाउको नामसमेत थाहा छैन तर यहॉ डेढसय नेपाली वसोवास गर्दछन ।

यसपटकको सप्ताहान्त शनिवारको दिन । वेलुकी सॉझ करिव ५ बजेको थियो । लवक हिन्दु टेम्पलमा पुजाका थाली वोकेका हिन्दुधर्मालम्वीहरूको भीड़ थियो । भीडमा नेपालीहरूभन्दा भारतीयहरूको वाहुल्यता देखिन्थ्यो । भारतीयहरूको वाहुल्यता देखिने यो भीड सत्यनारायणको पुजाका लागी उपश्थिती रहेको बुझियो जुन पुजा नेपाली समुदायको तर्फबाट आयोजना गरिएको थियो ।

पुजामा पुजारीकोरूपमा श्लोक पढिरहेका थिए प्रा डा मेघनाथ पराजुली । यहॉस्थित टेक्सास टेक नामक अमेरिकी विध्यालयमा डेढ दशकबढि प्राध्यापन गरिरहेका प्रो डा पराजुली लगायत स्थानीय नेपाली समुदायका अगुवाहरू प्राध्यापक डा विभा गौतमका र शर्मिला पराजुलीको अगुवाईमा गरिएको यो पुजा उदाहरणीय थियो ।

मन्दिर व्यवस्थापन कमिटीका अध्यक्ष समेत रहेका भारतीय समुदायका अगुवा मितेश पटेलले नेपालीहरूप्रति गौरव गर्दै भने, ” नेपाली आर कल्चरल एण्ड करेजियस पिपल ।” नेपालीहरू एकआपसमा जुट्न नसकेका खवरहरूको बीचमा नेपालीहरूको निम्तामा भारतीयहरूको उपस्थितीले नेपाली हुनुमा गौरव नगर्ने नेपाली सायदै होलान ।

यसै सन्दर्भमा पुजाका कर्तासमेत रहेका प्रा डा पराजुलीले खुशी व्यक्त गरे । यो पुजा पुजामात्र नभएर हाम्रो गौरवको विषय हो जहॉ नेपाली समुदायको आयोजनामा यति धेरै भारतीय समुदायका मानिसहरू जम्मा भए । प्रा डा पराजुलीले भने, “धर्मले मानिसलाई जोड्दो रहेछ यहॉ हिन्दुत्वको भावनाले दुवै देशका नागरिकलाई जोड्न पुग्यो ।” हुनत यो अमेरिका वसेको भारतीय समुदायले निर्माण गरेको मन्दिर हो तर मन्दिरको एउटा कमिटीमा यस सत्यनारायण पुजाका कर्ता समेत रहेकी नेपाली चेली प्रा डा गौतम पनि छन् ।

प्रा डा पराजुलीले प्राध्यापन गर्ने विश्वविघालयमा प्राध्यापन गर्ने प्रा डा गौतम नेपाली समुदायकी अर्की गौरव हुन् जसलाई भारतीय समुदायले तयार गरेको मन्दिर व्यवस्थापनको कमिटीमा सहभागी छन । सानो ठाउ तर गौरव वढाउने नेपालीहरू भएको लवकमा सत्यनारायण पुजा अर्को गौरव वढाउने कार्यक्रम वन्यो ।

यसअघि यस मन्दिरमा सरस्वती पुजा गरेर शुरूवात गरिसकेको यहॉको नेपाली समुदायले यस पटक सत्यनारायण पुजा आयोजना गरेको अर्का अगुवा डा माधव पाण्डे वताउछन । पॉच घन्टाको दुरीमा हालै वनेको नेपाली मन्दिरले धेरै नेपालीको मनोवल वढाएको पाईन्छ । आखिर देशको अस्थिर राजनितिले खण्डित प्रवासी नेपालीहरूको मन सात समुद्रपारी रहेर पनि नेपालीकैरूपमा बॉचेको यो जीवित कथा हो

प्रतिक्रिया