गन्तव्य स्थान बन्दै रुपाकोट रिसोर्ट (ड्रोन भिडियो)

इनेप्लिज २०७४ जेठ २२ गते ७:१५ मा प्रकाशित

कास्कीको रुपाकोटमा रहेको रुपाकोट रिसोर्ट आन्तरिक तथा बाहृय पर्यटकहरुको गन्तव्य स्थान बन्न थालेको छ । लोकपि्रय तालहरु रुपा र बेगनासको शिरमा रहेको यो रिसोर्टबाट आँखैअघि अन्नपूर्ण र माछापुच्छ्रे हिमालको दृश्यावलोकन गर्न पाइने भएकाले पर्यटकहरु आकषिर्त भएको रिसोर्टका सञ्चालक पुष्पराज अधिकारीले जनकारी दिए ।

‘स्वदेशी तथा विदेशी पर्यटकहरुको आकर्षण निकै बढ्दो छ,’ सञ्चालक अधिकारीले भने, ‘हामीले होटलभित्र प्रवेस गरेपछि केही न केही खानै पर्ने नियम बनाउँदा चाप केही घटेपनि व्यवसाय भने बढेको छ ।’ विदेशी पर्यटकहरुका साथै एनआरएनको आकर्षण पनि आकर्षण उच्च रहेको उनको भनाई छ । ‘नेपाल घुम्न आउनेले पोखरा छुटाउँदैनन् र पोखरा आउनेले रुपाकोट रिसोर्ट छुटाउँदैनन्,’ उनले भने ।

रिसोर्टले पुरानो नेपाली संस्कृति झल्काउने विशाल संरचना निर्माण गरी पाँच तारेस्तरको सेवा सुविधा उपलब्ध गराउँदै आएको छ । अधिकारीको ५० करोड रुपैयाँभन्दा बढी निजी लगानीमा दुई वर्षअघि रिसोर्ट सञ्चालनमा आएको हो । २० वर्ष बेल्जियममा रेस्टुरेन्ट व्यवसाय सञ्चालन गर्दै आएका अधिकारी स्वदेशमै केही गर्नुपर्छ भनेर फर्किएको बताउँछन् । रिसोर्टका निर्माणका लागि ग्लोवल अाइएमइ बैंकले वित्तीय सहयोग गरेको उनले बताए ।

 

प्रतिक्रिया