एनआरएन अन्तर्राष्ट्रिय मध्यपूर्व का क्षेत्रिय संयोजक डि.बि क्षेत्रीको अतिरिक्त सदस्य शुल्क बृद्धि सम्वन्धमा छापा बिज्ञप्ति

इनेप्लिज २०७४ जेठ २१ गते १९:१४ मा प्रकाशित

पूर्ण पाठ जस्ताको त्यस्तै :

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको ५६ औं बैठकले भवन निर्माणार्थ सहयोगको लागि निर्णय गर्दै गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषदहरुलाई प्रति सदस्य १० डलर अतिरिक्त सहयोगको लागि अपिल जारी गरिएको सम्वन्धमा हामीले ठुलै बहस ग¥यौं ।

मध्यपूर्व बिशेष मजदुर एन.आर.एन. हरुको क्षेत्र भएकाले यहा“का राष्ट्रिय समन्वय परिषदलाई यहा“ भित्र नै ठुलै जिम्मेवारी छ । यसर्थ अतिरिक्त प्रति सदस्य १० डलर सहयोगार्थमा पूर्ण रुपमा सहमत हुन नसक्ने अवस्थालाई मध्यनजगर गर्दै, मध्यपूर्व क्षेत्रीय संयोजकको मध्यस्थतामा राष्ट्रिय समन्वय परिषदहरुकै सुझाव अनुसार मध्यपूर्वलाई एन.आर.एन.ए. को गौरवको योजनमा सहभागि पनि गराउने आर्थिक भार पनि कम पार्ने उपाय स्वरुप आई.सि.सि. को उक्त अपिललाई ५७ औं बैठकले परिमार्जित गर्दै मध्यपूर्व, मलेसिया र अफ्रिकन मुलुकका राष्ट्रिय समन्वय परिषदहरुले भवन निर्माणार्थ सहयोगको लागि प्रति सदस्य अतिरिक्त शुल्क ५ डलरमा सहमती भएको छ ।

तसर्थ म मध्यपूर्व संयोजकको हैसियतले नेपाली दाजुभाई तथा दिदिबहिनीहरुलाई यी बिषयहरुमा बिशेष अपिल गर्न चाहन्छु । २४ महिनामा ५ डलर एउटा रणनितिक र ऐतिहासिक महत्व बोकेका भवनलाई दिन नसक्ने मध्यपूर्ववासी हामी होइनौं । हाम्रो गहन जिम्मेवारी भनेको स्वस्फुर्त रुपले सदस्यता ग्रहण गरी यस संस्थालाई मजबुत बनाउ“दै जाने हो ।

बिकशित राष्ट्रहरुमा रहने मित्रहरु शैक्षिक, आर्थिक तथा बौद्धिक स्तरले सम्पन्न हुनुहुन्छ तर हामी नेपालको आर्थिक बिकाशको साझेदार हुदै गर्दा मध्यपूर्व बिशाल मानवसागर र मानवियतामा अग्रज भुमिकामा छौं l यसको समायोजन गराउनु नै नेपाल र नेपालीको हितमा छ । त्यसैले हामी हातमा हात काधमा काध मिलाएर बराबरी रुपमा अगाडि बढ्न सक्छौ भन्ने तथ्यलाई सावित गर्नु पर्नेछ ।

यस संस्थालाई नेपाल र नेपालीको भलो नचाहनेहरुबाट ठुलो प्रहार हुदैछ । संस्था आफैमा नराम्रो हुदैन यसका केहि अपवाद पात्र र अपबित्र सोच राख्ने व्यक्तिहरुको प्रहार यस संस्था माथि अघि बढेको छ । जस्तै धनिको संस्था भन्ने, गरिवलाई सदस्य बन्न नदिने भन्ने गलत भनाईलाई चिर्दै तपाई हामी जस्ता आम नागरिकले संस्थाको सदस्यता लिएर यसको शुद्धता र बिकाशलाई अगाडि बढाउनै पर्छ ।

असल र स्वच्छ चरित्र भएको व्यक्तिले संस्थाको नेतृत्व नलिएमा खराव आचरण र भ्रष्ट व्यक्तिहरुले नेतृत्व गर्नेछन् । यसर्थ असल व्यक्तिहरु नेतृत्वमा आउनु पर्छ भन्ने मान्यता राख्दै सवैलाई सहभागिताको लागि अपिल पनि गर्दछु ।
डि.बि क्षेत्री
मध्यपूर्व क्षेत्रिय संयोजक
अन्तर्राष्ट्रिय समन्वय परिषद

प्रतिक्रिया