बिहीबार, कार्तिक ६ २०७७
काठमाडौं १८:३४
वासिङटन डिसी 08:49

लन्डनमा बनेको पन्चेबाजा भिडियो यसरी चर्चा कमाउदै…

इनेप्लिज २०७४ जेठ २१ गते १२:१० मा प्रकाशित

लण्डन । बेलायतको बर्मिङहममा निर्माण गरिएको एक पन्जेबाजा गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । नेपाली संगीत मा आफ्नो छुट्टै पहिचान बनाउन सफल गायक अशोक भट्टराईको ‘जोडौँ भो घरवार’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो । यो पञ्चेबाजा गीतमा अशोक भट्टराई र सन्ध्या बुढाको आवाज सुन्न सकिन्छ । गीतको शब्द तथा लय संकलन महेन्द्र अधिकारीले गरेका छन् ।

बर्मिङहमस्थित मिडियाकर्मी टिका अधिकारीले छायांकन गरेको यो म्युजिक भिडियोको निर्देशन सुनिता तिवारीले गरेकी हुन् । यो भिडियोको सबै छायांकन बर्मिङहममै गरिएको थियो ।बेलायतमा निर्माण भएको मौलिक नेपाली पन्जेबाजा गीतको यो भिडियोले नेपाली कला र संस्कृतिको प्रबर्दनमा सहयोग पुर्याउने विश्वास गायक भट्टराईले गरेका छन् ।

 

प्रतिक्रिया