यात्रा कहाँ रोकिन्छ र

इनेप्लिज २०७४ जेठ १६ गते १३:५४ मा प्रकाशित

यात्रा कहाँ रोकिन्छ र

एकै  छिन पाइला  रोकिँदैमा

आँसु कहाँ सकिन्छ र

कहिलेकाहीँ  पोखिँदैमा

कहिले खुशी कहिले हाँसो

कहिले कयौँ  चोटहरु

बिथोलिन्छन् आशाहरु

सकिँदैनन् अठोटहरु

बाटो कहाँ मोडिन्छ र

औँलाहरु ठोकिँदैमा

घरी नजिक घरी टाढा

हुन्छ आफ्नै छाया पनि

बग्छ नदी सागर भेट्न

रोकिँदैन थाकेँ भनी

प्रतिक्रिया