मंगलबार, कार्तिक ११ २०७७
काठमाडौं १७:१५
वासिङटन डिसी 07:30

पाँचजना पत्रकार चुनावी प्रतिस्पर्धामा

इनेप्लिज २०७४ जेठ १५ गते ८:४७ मा प्रकाशित

तुलसीपुर (दाङ), १५ जेठ । आसन्न स्थानीय तहको निर्वाचनमा दाङको तुलसीपुर क्षेत्रमा क्रियाशील पाँचजना पत्रकार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।
यसरी चुनावी प्रतिस्पर्धामा उत्रिएका पत्रकारहरुमध्ये तीनजनाले नेपाली काँग्रेस र दुईजनाले नेकपा (एमाले)बाट चुनाव लड्दै छन् ।

प्राप्त विवरणअनुसार काँग्रेसबाट चुनावी मैदानमा उत्रिएका पत्रकारहरु सुरेश श्रेष्ठ न्यूज २४ टिभीका समाचारदाता हुन् भने सुवास डिसी रेडियो सञ्जीवनी र प्रकाश डाँगी रेडियो तुलसीपुरमा कार्यरत छन् ।

श्रेष्ठले तुलसीपुर उपमहानगरपालिका–५ बाट वडा सदस्य पदमा, डिसी तुलसीपुर उपमहानगरपालिका–११ बाट वडा सदस्य र डाँगी दङ्गीशरण गाउँपालिका–२ को वडा सदस्यमा चुनावी प्रतिस्पर्धामा रहेका छन् ।

त्यसैगरी एमालेबाट तुलसीपुर उपमहानगरपालिका–९ को वडाध्यक्ष पदमा पत्रकार सङ्गीत बस्याल र सोही उपनगरपालिका–६ को वडा सदस्य पदमा दुर्जमान भण्डारी चुनावी प्रतिपर्धामा रहेका छन् । दुवैजना रेडियो प्रकृति एमफम, तुलसीपुरमा कार्यरत छन् ।

रेडियो प्रकृतिका स्टेसन म्यानेजरसमेत रहेका बस्यालले यसअघि नै पत्रकारिता त्यागेको घोषणा गरिसकेका छन् भने अन्य चारजनाले भने पत्रकारिता त्यागेको औपचारिक घोेषणा गरेका छन् ।

दलहरुले उम्मेदवार बनाएका पत्रकारहरु अहिले आ–आफ्नो पक्षमा मत माग्न मतदातासँग पुगेका छन् । उनीहरुले घरदैलो कार्यक्रमलाई तीव्र पारेका छन् । रासस

प्रतिक्रिया