परदेशी र घरदेशीको बास्तविक कहानी खेर गयो परदेशमै जवानी

इनेप्लिज २०७४ जेठ १४ गते २३:२३ मा प्रकाशित

किन जान्छन नेपाली युवाहरु परदेशमा ?? किन देख्दैनन संभावना नेपालमा ?? के सबै युवाहरु नेपालमा केही पनि प्रयास नगरी परदेश पस्छन त ??? यो सबै प्रश्नहरुको एउटै जवाफ बनेको छ गीत ‘खेर गयो परदेशमै जवानी’ । गायक रुद्र थापा ‘क्षितिज’ ले भर्खरै बजारमा ल्याएको गीत ‘खेर गयो परदेशमै जवानी’ बास्तबमै हरेक परदेशीहरुको यथार्थ भाबलाई बोकेको छ । स्वर र शब्द गायक ‘क्षितिज’ कै रहेको यो गीतमा बि. बि. अनुरागीले संगीत दिएका छन भने गीतको म्युजिक भिडियोमा निर्देशन गायक स्वयम ‘क्षितिज’ कै रहेको छ ।

पहिलो पटक अभिनयमा देखा परेका मोडल रिङ्कु ज्ञवाली लाई मेस्सी सिंह ठकुरीले अभिनयमा साथ दिएकी छिन भने अन्य धेरै कलाकारहरुको अभिनय रहेको छ । परदेशमै रहेका गायक ‘क्षितीज’ले यो गीत तयार गर्नलाई ४ बर्ष लागेको बताए । परदेशमै रहेर पनि करिब १ दर्जन गीतहरु बजारमा ल्याएका ‘क्षितिज’को ‘चोखो माया’ र ‘आउ आज बाचा गरि’ गीतले निकै चर्चा पाएका थिए ।

प्रतिक्रिया