बुधबार, कार्तिक ५ २०७७
काठमाडौं ०१:१२
वासिङटन डिसी 15:27

विद्युत् कटौतीका कारण अस्पतालको उपचारमा समस्या

इनेप्लिज २०७४ जेठ १३ गते ८:४१ मा प्रकाशित

काठमाडौं, जेठ १४– रवीन्द्र मिश्र संयोजक रहेको साझा पार्टीको प्रवक्तामा केन्द्रीय संयोजन समितिका सदस्य डा सूर्यराज नियुक्त भएका छन् ।

भरतपुर महानगरपालिका,  चितवनका स्थायी निवासी डा आचार्यलाई प्रवक्तामा नियुक्त गरिएको मिश्रले शनिबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
सार्वजनिक नीति तथा पूर्वाधार विज्ञ आचार्यले थाइल्याण्डकाे एशियन इन्स्टिच्युट अफ टेक्नोलजि (एआइटी) बाट स्रोत व्यवस्थापनमा स्नातकोत्तर गरेका छन् भने जापानको टोकियो विश्वविद्यालयबाट ‘पूर्वाधार र क्षेत्रीय विकासमा’ विद्यावारिधि गरेका छन्।

चार वर्षअघि नेपाल फर्किनुअगाडि उनी जापानको भौतिक पूर्वाधार मन्त्रालयसँग संम्वद्ध ‘पोलिसि थिङ्क ट्याङ्क’ मा वरिष्ठ अनुसन्धानकर्ता र टोकियो विश्वविद्यालयमा अतिथि प्राध्यापकका रूपमा कार्यतर थिए।
पेशागत जीवनको सुरुमा नेपाल सरकार र संयुक्त राष्ट्रसंघको कार्यानुभव संगालेका आचार्यका दर्जनौं शोधपत्र प्रकाशित छन्। उनका शोधपत्रहरु अन्तर्राष्ट्रिय प्राज्ञिक सम्मेलनमा पुरस्कृत भएका छन्।

नेपाली राजनीतिमा गहिरो चासो राख्ने डा आचार्य विकास र राजनीतिक विषयका लेखक तथा विश्लेषक पनि हुन्।

प्रतिक्रिया