प्रा तुलसी दिवसलाई डीसी क्षेत्रमा यसरी अभिनन्दन गरिने-निमन्त्रणा

इनेप्लिज २०७४ जेठ ११ गते ०:३८ मा प्रकाशित

वरिष्ठ साहित्यकार तुलसी दिवस लाईडिसी महानगर क्षेत्रमा आगामी जेठ १३ गते (तदनुसार मे २७ तारिख ) का शनिबारका दिन अभिनन्दन गरिनु को साथै वहा संग साक्षात्कार कार्यक्रम समेत गरिने भएको छ l

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वाशिङ्टन डिसी मेट्रो समितिको आयोजनामा मनासस शहरको बुल रन क्षेत्रीय पुस्तकालयमा कार्यक्रम हुने छ l कार्यक्रम १२:३० बजे सुरु हुने छ भने तुलसी दिवश संगको प्रत्यक्ष साक्षात्कार कार्यक्रममा वहाँको कुरा सुन्ने र अन्त्यमा बिशेष अभिनन्दन गरिने छ l

तुलसी दिवसले नेपाली साहित्यमा गीत, कविता, कथा लेखेका छन्। त्यसैगरी संस्कृति र लोक संगीत विषयमा दर्जनजति पुस्तक लेखेका छन्। यीनले संकलन गरेका कान्छि मट्याङ्ट्याङ लगायतका लोक गीतहरू एक समय निकै चर्चित रहेका थिए।

यस अभिनन्दन समारोहमा नेपाली समुदायलाई उपस्थितिको लागि अनुरोध गरिएको छ l

प्रा तुलसी दिवशसँगको साक्षात्कार र अभिनन्दन कार्यक्रम !

वहाँलाई गरिने बिशेष अभिनन्दन समारोहमा उपस्थितिका लागि यहाँहरुलाई निमन्त्रणा गरिन्छ ।

मिती : मे २७ तारिख शनिबार
समय : ठीक १२:३० बजे
स्थान : Bull Run Regional Library, 8051 Ashton Ave, Manassas, VA 20109

आयोजक :
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज,
वाशिङ्टन डिसी मेट्रो कमिटी, अमेरिका

प्रतिक्रिया