गायिका भण्डारीको पप गीत के यो माया हो चर्चामा (भिडियो सहित)

इनेप्लिज २०७४ जेठ ९ गते ९:०९ मा प्रकाशित

काठमाडौं÷ भिडियो सार्वजनिक भएको छोटो समयमा नै पप गीत के यो माया होको म्युजिक भिडियो चर्चामा रहेको छ । म्युजिक भिडियो सार्वजनिक भएको छोटो समयमा नै उक्त गीतले दर्शक श्रोताको मन जित्न सफल भएको छ । यस गीतमा दुई दशकदेखि नेपाली सांगितिक क्षेत्रमा सक्रिय गायक जोहेब मानन्धर र चर्चित मोडेल, कोरेयोग्राफर र गायिका रमिता भण्डारीको स्वर रहेको छ । गीतमा गायक जोहेब मानन्धरको शब्द र संगीत रहेको छ ।

गायिका भण्डारी गायन क्षेत्र, अभिनय र इभेन्टमा व्यस्त छिन् । इन्भेन्ट कम्पनि रशलाईट मिडियाकी अध्यक्ष समेत रहेकी उनी छिट्टै गीति संग्रह ल्याउने तयारीमा छिन् । उनका सबै गीत दर्शक र श्रोताले मन पराएका छन् । यो गीतबाट उनी एक दम आशावादी रहेको र सोचेको भन्दा राम्रो प्रतिक्रिया आएको गायिका भण्डारीले जानकारी दिइन् । एरेन्ज सन्दीप कार्कीको रहेको छ भने मिक्सिङ र मास्टरिङ अशोक महर्जनले गरेका छन् । म्युजिक भिडियोमा जोहेब र रमिता आफैले अभिनय गरेका छन् । यश भिडियो निर्माण रशलाईट मिडियाले गरेको छ ।

प्रतिक्रिया