न्युयोर्कमा नेपाल डे परेड सम्पन्न

इनेप्लिज २०७४ जेठ ८ गते १:४४ मा प्रकाशित

न्युयोर्क शहरमा नेपालीहरुको गौरव एवंम् पहिचानको रुपमा स्थापित हुदै गरेको नेपाल डे परेड आज यहाँहरुको विशेष सहयोग र सहभागितामा भव्य रुपमा सफल भएको छ ! यो सफलता तपाई हामी सम्पूर्ण नेपालीहरुको सफलता हो ! बुद्ध जयन्ती तथा गणतन्त्र दिवसको अवसरमा सम्पन्न आजको यस दोश्रो नेपाल डे परेड २०१७ प्रवासमा नेपलीहरुको पहिचान र डायस्पोराको ऐक्यबद्दताको रुपमा परिचित गराउदै नेपालीहरुलाई अमेरिकी मुलधारमा समाहित गराउनु रहेको छ ! नेपाली डायस्पोरालाई अन्य अमेरिकी समुदायमाझ चिनारी गराउदै हाम्रो मातृभूमिलाई पर्यटन मार्फत प्रबर्धदन गराउनु यो नेपाल डे परेडको पबित्र उद्धेश्य रहेको छ !

गत सालबाट प्रारम्भ गरिएको यो परेडले अनन्तकालसम्म नेपाल र नेपालीहरुको गौरवको रुपमा निरन्तरता प्राप्त गर्ने छ भन्ने विश्वास आजको हाम्रो सहभागिता, सक्रियता र ऐक्यबद्दताले प्रमाणित गरेको छ ! यो दोश्रो नेपाल डे परेड पूर्ण रुपमा सफल पार्न महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएका सम्पूर्ण संघसँस्था, ब्यबसायी, शुभेच्छक, स्थानीय निर्वाचित प्रतिनिधिहरु, स्वयमसेवक साथीहरु एवम् पत्रकार मित्रहरुप्रति हार्दिक आभार ब्यक्त गर्दछौ ! विशेष गरेर दोश्रो नेपाल डे परेड २०१७ का समितिका सहकर्मी साथीहरुको लगनशीलता र सद्भावपूर्ण कर्मप्रति म व्यक्तिगत रुपमा कृतज्ञता प्रकट गर्दछु !

अन्त्यमा तर महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएको नेपाली महाबाणिज्यदुतवास न्युयोर्क, ग्रयाण्ड मार्शल मिङमा किपा शेर्पा तथा प्रमुख अतिथि नेपाल सरकारको उधोगमन्त्री नविन्द्रराज जोशीप्रति हार्दिक आभार ब्यक्त गर्दछौ ! साथै, न्युयोर्क राज्यभन्दा बाहिरबाट उत्साहपुर्वक रुपमा हाम्रो अभियानलाई ऐक्यबद्दता जनाउदै मातृभूमिप्रति माया देखाउदै सहभागी हुनु भएका सम्पूर्ण संघसँस्था तथा शुभेच्छकहरुप्रति हार्दिक धन्यवाद सहित नमन गर्न चाहन्छु !

भवदीय,
मंगल दास श्रेष्ठ
कन्भेनर
नेपाल डे परेड २०१७

प्रतिक्रिया