एनओए (NOA)सम्मेलनमा अनुसन्धानकर्ता काशीनाथ तमोट तथा प्रा कमल कृष्ण जोशी अमेरिका आउने

इनेप्लिज २०७४ जेठ ७ गते १०:५१ मा प्रकाशित

अमेरिकाको डिसी महानगर क्षेत्रमा स्थापना भएको नेवा: अर्गनाइजेसन अफ अमेरिकाको १६ औ बार्षिक सम्मेलनमा लेखक ,अनुसन्धानकर्ता ,अध्येता तथा ईतिहासकार काशिनाथ तमोट आउने भएका छन् l उक्त सम्मेलनमा तमोट प्रमुख अतिथि रहने जानकारी संस्थाका अध्यक्ष राम लाल श्रेष्ठले दिए l उनले थप जानकारी दिदै वहा एक स्कलर (विद्वान ) तथा नेवा : समुदायको लागि सम्पत्ति हो भन्दै वहालाई संस्थामा आमन्त्रण गर्न पाएकोमा हर्ष लागेको बताए l

यसै गरि बिशेष अतिथि तथा वक्ताको रुपमा त्रिबि का पूर्व उप कुलपति प्रा कमल कृष्ण जोशी पनि आउने भएका छन l यसको अतिरिक्त उक्त १६ औ बार्षिक सम्मेलनमा सूचना मुलक मंच बिषयमा छलफल ,छायाचित्र प्रदर्शन ,बालबालिकाहरुको कला प्रदर्शन ,सास्कृतिक रमाइलो साँझ हुने भएको छ l

यसको साथै को साथै परम्परागत नेवा परिकारका खाना समयबजी तथा भोये समेतको व्यवस्था गरिने छ l मेरिल्याण्ड राज्यको बेथेस्ठा शहर स्थित वेस्टल्याण्ड मिडल स्कुलमा दिउसो १ बजे देखि राती  १० बजे सम्म हुने छ l

संस्कृति ,परम्परा तथा भाषालाई रक्षा ,सम्बर्धन तथा प्रबर्धन गर्ने उदेश्यले स्थापना भएको नेवा: समुदायको चर्चित संस्था नेवा: अर्गनाइजेसन अफ अमेरिका डिसी महानगर क्षेत्र कै अत्यन्तै क्रियाशील संस्था हो l

प्रतिक्रिया