टेक्सासमा गायक फिरोज स्याङ्गदनको बिशेष प्रस्तुति

इनेप्लिज २०७४ जेठ ६ गते ११:१२ मा प्रकाशित

चर्चित गायक फिरोज स्याङ्गदनको अमेरिकाको टेक्सस राज्यको ड्यालसमा हुने सांगीतिक कार्यक्रममा आउने भएका छन् l जुलाई १ तारिखमा उनले नेप्लीज अमेरिकन कन्भेन्सन नामक सम्मेलनमा प्रस्तुति गर्ने छन् l

तीन दिन सम्म चल्ने उक्त कार्यक्रममा अन्य कलाकारहरुको प्रस्तुति समेत हुने छ l फिरोजलाई साथ दिन दबला बादक राजेन्द्रकर्ण तथा गितारमा प्रज्वल बज्राचार्य बज्र चार्य रहने छन् l फिरोज हाल न्यु योर्कमा संगीत प्रेमीहरुलाई संगीत पनि सिकाउछन l उनका प्रशिद्ध गीतहरु गुरासै फुल्यो ,परेलीमा ,जति माया तथा सम्झी बस्छु जस्ता गीतहरु छन् l

गत बर्ष उनले एकल गीतियात्रा (एल्बम )जिन्दगि असल छ निकालेका थिए l नेप्लीज अमेरिकन कन्भेन्सन का बजारीकरण अधिकृत प्याट्रिक सुबेदी भन्छन गत बर्ष फिरोजले लस एन्जेलसमा भएको कार्यक्रममा तहल्का मचाएको बताए l उक्त कार्यक्रमको लागि छिट्टै टिकट खुला गरिने छ

सम्मेलनको लागि हालसम्म ८ वटा खेलकुद टोलीले सहभागी गर्ने भएको छ । नेप्लीज अमेरिकन सम्मेलनमा खेलकुद, मनोरंजन, बिबिध मंच, गोष्ठी, व्यापार प्रदर्शन, बालबालिका प्रतिभा प्रतियोगिता, सांस्कृतिक कार्यक्रम समेत रहने छ l

प्रतिक्रिया