मिस नेपाल क्यालिफोर्नियाका २०१७

इनेप्लिज २०७४ जेठ ५ गते ०:५४ मा प्रकाशित

महाशक्ति देश अमेरिका ज्ञान, विज्ञान र आधुनिकताको उच्चतम प्रयोग हुने भुमि हो । विश्वभरका मानिसहरुको सपनाको संसार हो । त्यसैले त प्रतिभाशालि युवा युवतिको विश्वभरवाट यहीँ ओइरोलाग्छ । करिव १८ देखि ३० वर्ष उमेर समुहका प्रतिभाशालि नेपाली युवा युवती पनि राम्रो शिक्षा र उज्जोल भविस्यका लागि यहाँ संघर्ष गरिरहेका छन् ।

आधिकारिक तथ्यांक नभएपनि करिव ५० हजार नेपाली युवा युवती अमेरिकाको विभिन्न सहरमा बस्तै आएको अनुमान छ । यी मध्ये कतिपयले अमेरिकाका विश्व विद्यालय र कर्म थलोमा आफ्नो विशिष्ठ पहिचान समेत बनाई सकेका छन् । यद्यपि उनिहरुको प्रतिभा प्रस्फुटन होस भन्नका लागि अमेरिकको नेपाली समाजले प्रोत्साहित गर्ने जमर्को खासै गरेको छैन ।

 

यसैकुरालाई मध्येनजर गर्दै अमेरिकाको पश्चिममा रहेको सुन्दर सहर सान फ्रानसिस्कोमा नेपाली युवाहरुले नै यसका लागि प्रयास शुरु गरेका छन् । धेरै नेपालीहरु रहेका अमेरिकाका राज्यहरु मध्येको एक क्यालिफोर्नियामा चहलपहल प्रोडक्सनले मिस नेपाल क्यालिफोर्निया २०१७ को आयोजना गर्दै छ । चहलपहल प्रोडक्सनका संस्थापक अध्यक्ष सन्तोष न्यौपानेका अनुसार १७ जुन २०१७ अर्थात ठिक एक महिना पछाडि गरिने मिस नेपाल क्यालिफोर्नियाका लागि आवश्यक गृहकार्य अन्तिम चरणमा पुगेको छ ।

चहलपहल प्रोडक्सनका निर्देशक तथा कार्यक्रम संयोजक राजेन्द्र जोशीले कार्यक्रममा मिस नेपाल २०१४ इशानी श्रेष्ठ, मिस इन्डिया इन्टरनेशनल २०१३ इशा अग्रवाल, नायिका नन्दिता के सी, गायिका नलिना चित्रकार, फेसन डिजाइनर सुवेक्षा वादेलको प्रत्यक्ष सहभागितामा कार्यक्रम सन्चालन हुने जानाकारि दिएका छन् । जोशीले हलिउड र बलिउडका कलाकारहरुको पनि सहभागिता रहने बताए ।

सान फ्रानसिस्को स्थित हिल्टन होटलमा कार्यक्रम आयोजना हुनेछ । मिस नेपाल क्यालिफोर्नियामा सहभागि हुने चाहनेहरुको आवेदनलाई पहिलो चरणमा अनलाईवाट छनौट गरिनेछ । छनौटमा परेका उत्कृष्ठ नौ जनालाई १५–१६– १७ जुनमा मिस नेपाल र मिस इन्डियावाट प्रशिण दिइने छ । सहभागिको क्षमता अभिवृद्धि आत्मविस्वास र प्रस्तुति शैलि परिस्किृत हुनेछ । युवा पुस्ताका लागि क्षमता अभिवृद्धि गर्ने यो एउटा अवसर हुने आयोजकहरुले विश्वास लिएका छन् । यसवाट विदेशिएका युवा पुस्तामा नेपाली भाषा, संस्कृति र भेषभुषाको मोह वढ्नेछ । मिस नेपाल क्यालिफोर्निया २०१७ छनौट आफैमा आकर्षणको केन्द्र त छ नै त्यसमाथि राष्ट्रिय र स्थानिय कलाकारहरुको प्रस्तुतिले पनि कार्यक्रमलाई थप रोचक बनाउनेछ ।

कार्यक्रम खर्च कटाएर जोगिएको रकम नेपाली अनाथ बालबालिका पढ्ने विद्यालयलाई प्रदान गरिनेछ । यस अघि २०१५ मा F1 Group आयोजित मिस नेपाल क्यालिफोर्नियाबाट संकलित १३ लाख रुपैयाँ गोर्खाको एक विद्यालयलाई सहयोग गरिएको थियो ।

 

प्रतिक्रिया