“पर्व”को चर्चा परिचर्चाले दर्शकहरु उत्साहित ,भिड लाग्ने शुभ सङ्केत

इनेप्लिज २०७४ जेठ ४ गते ०:३८ मा प्रकाशित

आगामी जेठ १२ गते देखि अधिराज्यभर प्रदर्शनमा आउने चलचित्र “पर्व” को चर्चा यत्र तत्र सर्बत्र छ । निर्माण पक्षले चलचित्रको प्रचार प्रसारलाई कुनै कसर नछोड्ने गरि तीव्र गति दिएका छन् l

केहि समय अगाडी “काले दाई” र “जिन्दगानी तिमी” बोलको २ वटा गीत सार्वजनिक गरिको मध्ये “काले दाई” ले युटुबमा १ करोड भन्दा ज्यादा दर्शकले हेरेको देखाएको छ l चलचित्रमा संगीतको अहम भूमिका हुनाले संगीत राम्रो प्रस्तुति रहेकोले कै चलचित्र हेर्नको लागि दर्शकहरु धेरै उत्साहित भएको संकेत गर्दछ ।

केहि समय अगाडी निर्माण पक्षले सार्वजनिक गरेको ट्रेलरलाई समेत दर्शकहरुले अत्याधिक मनपराई रहेको अवस्था छ । यस्तै सस्पेन्स थ्रिलर(सन्देह रोमान्चक )मा केन्द्रित चलचित्रमा अन्य नया कुराको मिश्रण रहेको छ l

 

चलचित्रमा केहि फरक कथा वस्तुको चित्रण गर्न खोजिएको प्रष्ट देखिन्छ । गोपी कृष्ण टिभी र सुवास इन्टरटेनमेन्टको सयुक्त निर्माणमा तयार भएको चलचित्रमा नम्रता श्रेष्ठ , कोशिश क्षेत्री , माला लिम्बु , अमितेश शाह , केशव भट्टराई , जेबिका कार्की , प्रिया रिजाल , श्रेयांश तिमिल्सिना लगाएतका कलाकारहरुको मुख्य भूमिका रहेको छ ।

यसै गरि चलचित्रमा राजेश श्रेष्ठको छायांकन , बनिश शाहको सम्पादन , हिमाल केसीको द्वन्द र कविराज गहतराजको नृत्य निर्देशन समावेश रहेको छ । चलचित्रको निर्देशन दिनेश राउतले गरेका छन् । यसै गरि चलचित्रको निर्माता तर्फ भने निकिता पौडेल र सुवास गिरी रहेका छन् ।

चलचित्र निकै राम्रो तयार भएको र केहि फरक कथा र नया कुराको मिश्रण गरिएको हुदा दर्शकहरुले चलचित्रबाट भरपुर मनोरंजन प्राप्त गर्नुहुने विश्वास निर्देशक दिनेश राउतले ब्यक्त गरेका छन् ।

प्रतिक्रिया