नगरपालिका भवन बनाउन करोडौँको जग्गा दान

इनेप्लिज २०७४ जेठ २ गते ७:१० मा प्रकाशित

गौशाला, २ जेठ । महोत्तरीको बर्दिवासमा नगरपालिकाको भवन निर्माण गर्नका लागि स्थानीयवासी १० जनाले रु पाँच करोड ५० लाख मूल्य बराबरको जग्गा दान गरेका छन् ।

स्थानीयवासी भवनाथ पोखरेल, रमेशकुमार, विनोद भण्डारी, गोपी पोखरेल, रामजी महतो, अर्जुनसिंह ठकुरी, शेखरकपिल हमाल र लालबहादुर हमाललगायतले दुई कठ्ठा १० धुर जग्गा दिनुभएको हो ।

बर्दिवास नगरपालिका कार्यालय निर्माणका लागि स्थानीयवासीले आफ्ना करोडाँै मूल्य पर्ने जग्गा दान दिएपछि नगरपालिकाले उनीहरुलाई फूलमाला र अबिर लगाएर सम्मान गरेको नगरपालिकाका सूचना अधिकारी नारायणसिंह ठकुरीले बताउनुभयो ।

प्रतिक्रिया