जीवनका रंगहरु ( Colors of Life) -भर्जिनिया निवासी कुन्दन शर्मा तथा तृप्ति शर्मा

इनेप्लिज २०७४ वैशाख ३० गते २३:४५ मा प्रकाशित

जीवनका रंगहरु ( Colors of Life) अमेरिकाको विभिन्न राज्यहरुमा बसोबास गरिरहनु भएका नेपालीमूलका अमेरिकी जोडी ( Couple)सँग गरिएको कुराकानीका आधारमा तयार पारिएको प्रस्तुती हो l

यो प्रस्तुतीमा हामी जीवनलाई समेट्ने विभिन्न रङ्हरु, आयामहरु अनी जीवनलाई हेर्ने सही दृष्टिकोणका बारेमा कुराकानी गर्नेछौ l यसै शृंखला अन्तर्गत आज हामी समक्ष हुनुहुन्छ – भर्जिनिया निवासी कुन्दन शर्मा तथा तृप्ति शर्मा l

प्रस्तुत छ वहाँहरुको विचारमा के हुन त जीवनका रङ्हरु –

१) जीवन (Life) के हो ?

जीवन एक खेल हो I आफु पनि खेल र अरु लाइ पनि खेल्न देउ; यो नै जीवन को मूल मन्त्र हो I

२) खुशी (Happiness) के हो

जीवन को खेल मा जित्न सकिन भनेर सोच्ने ले कहिले महसुस गर्न नसक्ने, खेल मा सहभागी हुन पाउनु नै ठुलो कुरा त हो भनेर सोच्ने ले सदैब महसुस गर्न सक्ने सकारात्मक भावना नै खुशी हो

३) कर्तब्य (Responsibility) के हो ?

जीवन को कुरा गरियो, खुशी को कुरा गरियो I त्यहि जीवन को खेल मा जीत हुँदा अपनाउनु पर्ने सम्यम्ता र हार हुँदा लिनुपर्ने जिम्मेवारी को बोध नै कर्तब्य हो I

४) सम्बन्ध (Relationship) के हो ?

जीवन को खेल मा आफु संग प्रत्यक्ष् वा अप्रत्यक्ष् रुप मा सहभागी हुने सबै खेलाडी संग को व्यवहार नै सम्बन्ध हो I

५) आत्मियता (Intimacy) के हो ?

जीवन को खेल मा आफु बाट पराजित भै हार व्यहोरेका अथवा आफु लाइ पराजित गरी बिजयी बनेका सबै संग गरिने एकनास को न्यानो सम्बन्ध नै आत्मियता हो I

सुबास ढकाल

प्रतिक्रिया