चितवनको कालिकामा एमालेले शक्ति प्रदर्शन ग¥यो एमालेको बहुमत तहमा विजय सुनिश्चित – महासचिव पोख्रेल

इनेप्लिज २०७४ वैशाख २८ गते १३:४५ मा प्रकाशित

खोलेसिमल, चितवन, २८ बैसाख ।
नेकपा एमालेका महासचिव ईश्वर पोख्रेलले यसपटकको स्थानीय तहको निर्वाचनमा एमालेको विजयलाई कसैले रोक्न नसक्ने बताएका छन् । नेकपा एमाले कालिका नगर निर्वाचन परिचालन कमिटीले पूर्वी चितवनको पदमपुरमा आज आयोजना गरेको चुनावी सभामा बोल्दै महासचिव पोख्रेलले कांग्रेस माओवादी गठबन्धनका सत्ताधारीहरु जसरी पनि यो निर्वाचन जित्नको लागि लागिपरेको बताए । सत्ताको दुरुपयोग गरी जनताको मन जित्न नसक्ने भन्दै यसपटकको निर्वाचनमा एमालेको बहुमत सहितको जीत सुनिश्चित रहेको महासचिव पोख्रेलले बताए ।


दक्षिणी सिमानाका हाकिमहरुलाई खुशी पार्न यो गठबन्धनले हिन्दी भाषालाई कामकाजी भाषा बनाएर अन्य भाषालाई उपेक्षा गर्न खोजेको भन्दै महासचिव पोख्रेलले कुनपनि हालतमा राष्ट्रहीत बिरोधी संविधान संशोधन गरेर कामकाजी भाषा परिवर्तन तथा देश विखण्डन हुन नदिन एमाले लागिपरेको बताए । नेकपा एमालेको ९ महिने सरकार र केपी ओलीको सरकारको जनमुखी काम देखेर कांग्रेस माओवादीले सरकार ढालेको भन्दै पोख्रेलले सरकारमा रहे पनि नरहे पनि एमालेले देशलाई विखण्डन र विदेशीको इशारामा चल्न नदिने बताए । देशको स्वाधिनताको रक्षा, देशको समुन्नत विकासको लागि नेकपा एमालेको चुनाव चिन्ह सूर्यमा मतदान गरी यस निर्वाचनमा एमालेलाई विजय गराउन देशवासीहरु आतुर रहेको समेत उनले बताए ।  सो कार्यक्रममा साविक सिद्धि, शक्तिखोर, जुटपानी र पदमपुरका हजारौं नगरवासीहरु सो कार्यक्रममा सहभागी भएका थिए ।

शेर बहादुर प्रधानमन्त्री हुन प्रचण्डलाई कन्यादान – एमाले नेता पाण्डे
सो कार्यक्रममा नेकपा एमाले स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री हुने भूत चढेपछि प्रचण्डलाई कन्यादान दिदैँमा स्थानीय निर्वाचन जित्न नसकिने र सत्ता प्राप्ति नहुने बताएका छन् ।
कुनै कुण्डली, जात र धर्म नमिल्ने यो गठबन्धनबाट देशले निकाश नपाउने भन्दै सत्ताको लागि कांग्रेस माओवादी जस्तोसुकै सम्झौता गर्न समेत रहेको उनले बताए । अहिले यो सरकार ड्राईभर नभएको रेल जस्तै भएको छ, यिनीहरु जहाँ जहिले जतिखेर पनि बिक्न र गिर्न तयार छन् उनले भने । ‘अहिले तिम्रो माया भए पुग्छ प्रिय, बुढेसकालको साहारा त एमाले छदै छ नि’ भन्ने कुरा सामाजिक सञ्जालमा छाईरहेको छ । वृद्ध असहाय मात्र हैन सबै नेपालीको भरोसाको पार्टी अब एमालेको विकल्प नभएको समेत उनले बताए । पूर्व अर्थमन्त्री समेत रहेका एमाले सांसद पाण्डेले हाल जनताको प्रतिव्यक्ति आय वार्षिक ९० हजारबाट दश वर्षमा ६ लाख ५० हजार र पच्चिस वर्षमा २० लाख पु¥याउने योजना र क्षमता नेकपा एमालेसंग मात्र भएकाले स्थानीय तह, प्रदेश र राष्ट्रिय निर्वाचनमा एमालेलाई बहुमतका साथ विजय गराउनुको विकल्प नभएको उनले बताए ।


समुन्नत कालिका आफ्नो लक्ष्य – मेयरका उम्मेदवार श्रेष्ठ
सो कार्यक्रममा नेकपा एमालेका तर्फबाट मेयरका उम्मेदवार गोपी श्रेष्ठले कालिका नगरपालिकाको समुन्नत विकासको लागि एमालेको विकल्प नभएको बताएका छन् । चेपाङ, चिउरी र चमेराको संरक्षण गर्दै सिद्धि र शक्तिखोरलाई पर्यटकीय क्षेत्र बनाउने, पदमपुरलाई केरा र च्याउ खेतीको विकास गरी कृषि पकेट क्षेत्र बनाउने त्यस्तैगरी जुटपानी क्षेत्रलाई पनि आधुनिक कृषि प्रणालीको माध्यमबाट अगाडि बढाउने उनले बताए । नगरभित्रका छांगा, छहरा, जातजाती, भाषा, धर्मको जगेर्ना र सम्वद्र्धन गर्दै शिक्षा, स्वास्थ्य र रोजगारको ग्यारेन्टी गर्न आफु प्रतिबद्ध रहेको बताए । एक घर एक रोजगारलाई अनिवार्य रुपमा लागु गरी यस क्षेत्रमा बन्न लागेको औद्योगिक क्षेत्र छिटो भन्दा छिटो निर्माण गर्न लागिपर्ने समेत मेयरका उम्मेदवार श्रेष्ठले बताए । यस नगरभित्र करिब ५० प्रतिशत नगरवासी ऐलानी जग्गामा बसोबास गरेका र सुकुम्वासी रहेकाले आफु निर्वाचित भएको ६ महिनाभित्र प्रक्रिया अगाडि बढाई सबै नगरवासीलाई जग्गा र पुर्जाविहिन हुन नदिने बताए ।


हाम्रो कालिका राम्रो कालिका व्यवहारमा लागु गर्ने – उपमेयर उम्मेदवार भट्टराई
कार्यक्रममा उपमेयरकी उम्मेदवार कमला भट्टराईले नगरलाई महिलामैत्री नगर बनाउने र यस कालिका नगरको समग्र विकासको लागि आफु लागिपर्ने बताईन् । नगरभित्रका मठ, मन्दिर, पार्टीपौवा, चर्च, गुम्बाको संरक्षण र सम्वद्र्धन गर्दै शैक्षिक, आर्थिक, पर्यटकीय नगरको रुपमा कालिका नगरलाई विकास गरी हाम्रो कालिका राम्रो कालिकालाई व्यवहारमा परिणत गरी चितवनकै नमूना नगरको रुपमा विकास गर्ने बताईन् ।


विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश –
सो कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका नवप्रवेशीहरुलाई महासचिव पोख्रेलले टिका लगाएर स्वागत गरेका थिए । पार्टी प्रवेश गर्नेहरुमा राष्ट्रिय जनमोर्चा नगर कमिटीका सहसचिव गोकुल पौडेल, माओवादी केन्द्रका दिपक पण्डित, डिल्ली आचार्य लगायत रहेका थिए । कार्यक्रममा नेकपा एमालेका सचिवालय सदस्य एवं वडा नं. ६ का वडा अध्यक्षका उम्मेदवार बिनोद रेग्मी, वडा नं. ३ का वडा अध्यक्षका उम्मेदवार टिकाराज रिजाल, वडा नं. ७ का वडा अध्यक्षका उम्मेदवार डिल्लीराज दवाडी, प्रवासी नेपाली मञ्च भारतका केन्द्रीय सदस्य दुर्गादत्त पौडेल, जिल्ला कमिटी सदस्य गोपालजी गुप्ता, युवा तथा खेलकुद विभाग चितवनका जिल्ला सदस्य दिपक लामिछाने लगायतले कार्यक्रममा मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा कालिका नगर आयोजक कमिटीका संयोजक भिष्म प्रसाद खनालले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने निर्वाचन परिचालन कमिटीका संयोजक जयचन्द्र प्रसाद चौधरीको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

 

प्रतिक्रिया