घन थापाको “बयान” र “बस्ति” विमोचन भब्य रुपमा सम्पन्न ।

इनेप्लिज २०७४ वैशाख २५ गते १:५८ मा प्रकाशित

विश्व नेपाली साहित्य महासङ्घ साउथ, यू के र नेपाली साहित्य विकाश परिषद वेलायतको संयुक्त आयोजना साथै केन्ट मगर संघ, क्यान्टवरी नेपाली समाज र क्यान्टवरी नेपाली महिला समाजका केहिसाथिहरुको सहयोगमा गीतकार, कवि तथा समाजसेवी घन थापा मगरको दुई एल्वमहरु “बयान” र “बस्ति” गत ७ मेँ २०१७ को दिन हकिन्ज कम्युनिटी हल, वेलायतमा भब्य विमोचन समारोह गरी सार्वजनिकगर्याे ।

उक्त कार्यक्रमको पहिलो सत्रमा बेलायतका नेपाली राजदुत तथा साहित्यकार डा. दुर्गा बहादुर सुबेदी “दुबसु”को प्रमुख आतित्थ्य साथै अतिथिहरुमा श्रीमती पुनम राज्य लक्ष्मि सुबेदी, मगर समाज यूकेकासंस्थापक अध्यक्ष थर्क राना, “विश्व नेपाली साहित्य महासङ्घ” केन्द्रिय अध्यक्ष बिश्वासदिप तिगेला, गायक शिव परियार, “नेपाली पत्रकार महासङघ” वेलायतका अध्यक्ष नरेश खपाङ्गी मगर, “विश्व नेपाली साहित्यमहासङ्घ साउथ” का अध्यक्ष बिजय हितान, “मगर समाज यूके” का महासचिव लाल पुन, “किरात याक्थुङ चुम्लुङ”का अध्यक्ष काजिमान यक्सो, “क्यान्टवरी नेपाली महिला समाज” का अध्यक्ष ममता सुनुवार, कवि, मुक्तक तथा साहित्यकार नबराज राई लगायत बेलायतमा रहनु भएका सङ्घ संस्थाका प्रतिनिधि साथै सामाजिक तथा साहित्यिक ब्याक्तित्वहरु रहेको उक्त कार्यक्रम दिप प्रज्वलन गरेर सुरु गरे लगत्तैनेपाली र बेलायतको राष्ट्रिय गान बजाए पछि प्रमुख अथिति राजदुत “दुबसु” साथै कार्यक्रमका सभाध्यक्ष “नेपाली साहित्य विकाश परिषद” का संस्थापक अध्यक्ष शुरेस जङ्घ शाह लगायत अन्य अतिथिहरुलेक्रमश “बयान” र “बस्ति” दुई एल्वमहरु लोकार्पण तथो विमोचन गरिएको थियो ।

गीतकार, कवि तथा समाजसेवी घन थापा मगरको उक्त दुई एल्वमहरु “बयान” मा जम्मा ६ गीहरु क्रमश “जति हेर्‍यो उति राम्रो” “आजभोली बोल्नै छोड्यौ” “पात झर्न नदेउ बोटको” “जूनझै बनि आयौ तिमी” “कस्तो हुरी चल्यो” समावेश गरिएको छ र उक्त एल्वमका गायकहरु क्रमश प्रमोद खरेल, श्रेयसी चेम्जोङ, स्वरुपराज आचार्य, रामकृष्ण ढकाल, राचन्द्र काफ्ले र सन्तोष लामा रहेका छन भने संगीत राजकुमार बगरको रहेको छ । “बस्ति” मा जम्मा ७ गीहरु क्रमश “स्वर्ग भन्दा प्यारो लाग्छ” “डाडाँ र काँडा हिमाल” “हिउद होस या वर्षा होस” “झारमा पनि फुलै फुल्छ” “चरी भए मै उडी आउथे” “हेर न कान्छीहाम्रो पिरती” “हिउद होस या वर्षा होस” समावेश गरिएको छ र उक्त एल्वमका गायकहरु क्रमशः मेलिना राई, सरला राई, शिव परियार, राज सिग्देल, मुन्ना गुरुङ्ग साथै दुर्गा परियार, पवन थापा साथै तारा श्रीषर दिपा लामा रहेका छन भने संगीत डक्टर किरातको रहेको छ यस एल्वमका निर्मात्री भने गीतकारको धर्म पत्नि कृष्ण थापा मगर रहनु भएको छ ।

कार्यक्रमको दोस्रो सत्रमा “हिउद होस या वर्षा होस” गीतलाई गायक शिव परियारले लाईझ गाए पछि गीतकार तथा समाजसेवी घन थापा मगरले गर्नु भएको सामाजिक योगदानको १५ मिनेटको डकुमेन्ट्रि सोरहेको थियो, उक्त डकुमेन्ट्रि बनाउन नेपाली नायक आयुस रिजाले सहयोग गरेको थियो । उक्त डकुमेन्ट्रिमा वहाका धेरै कार्यहरु समेटिएका छन जस मध्येका केहि उदाहरणि कार्यहरु यस्तो छः सन् १९९२ माक्याक्मी गाउँको खानेपानी सप्लाइ गर्ने पोलिथिन पाइप जथाभावी काटेर पानीको चुहावट हुन गई खानेपानी सप्लाइमा अवरोध आएकोले फलामका जी.आइ. पाइप ल्याइ पानीको मूलदेखि रिर्जभ ट्याङ्कीसम्म नैजडान गरी रिर्जभ ट्याङ्की समेत पक्की सिमेन्टेड बनाइ खानेपानी समस्याबाट गाउँलेहरुलाई बचाए । सन् १९९८ मा आफ्नो जन्म गाउँ क्याक्मीको खानीखोलाको कच्ची फट्के साँघु तर्दा आफ्ना ससुरा अर्थातधर्मपत्नी कृष्णा थापा मगरका बुबा जोग बहादुर राना मगर खसेर निधन भएकोले यस खोलामा अरू गाउँलेहरू कसैको पनि यस्तै दु:खद निधन नहोस भन्ने हेतुले अकाल निधन भएको ससुराकै स्मृतिमासिमेन्टेड पक्की पुल सन् १९९९ मा निर्माण गराउनु भएको हो ।

सन् २००७ मा आफ्नो धर्मपत्नीको आमा सावित्री राना मगरको स्मृतिमा चालिसे गा.वि.स. वडा नं. –८ क्याक्मी, स्याब्जाको सेरो खोलामा पक्कीसिमेन्टेड पुल निर्माण गरी गाउँले जनजीवनलाई सहज बनाउनु भयो । सन् २००७ मा आफु पढेको हाइस्कुललाई टेन प्लस टु राख्न सबै कक्षालाई भौतिक मापन पुग्ने गरी नयाँ संरचना निर्माण गर्नु पर्ने यदि सो गर्ननसकेमा तत्कालै हाइस्कुलबाट झरेर निम्न माद्यामिक स्तरमा मात्र सिमित रहनुपर्ने दवाव शिक्षा शाखाबाट आएको भन्ने थाहा पाएपछि उहाँले तत्कालै पुस्तकालय, कम्प्युटर कक्षा र अध्ययन कक्षा समेतलाई पुग्नेगरी दुईतले पक्की भवन आफ्ना भाइहरू समेतको सहयोगमा निर्माण गर्नुभयो, जसबाट टेन प्लस टु अध्ययन गाउँमै सुचारू भएको छ । सोही क्याक्मी गाउँ वडा नं ८ मा रहेको देउराली डाँडा प्राथमिकविद्यालयको भवन सन् २००९ मा पहिरो आएर ध्वस्त भएपछि धर्मपत्नी कृष्णा थापामगरका पहलमा नयाँ पक्की भवन निर्माण गरी दिए । जसबाट उक्त प्राथमिक विद्यालय नि.मा.वि. मा स्तर उन्नत हुनगयो । सन्२०१३ मा आफ्नो पहिलो कृति “देशको माटोमा मेरो पूmल” कविता सङ्ग्रह विक्रिको वितरणबाट आएको सम्पूर्ण रकम दुई लाख सटचालिस हजार रूपैँया लगानी गरी सोही देउराली डाँडा नि.मा.वि. को अर्कोनयाँ भवन पनि निर्माण गरी दिनुभयो । दोस्रो कृति “क्याक्मीको कोसेली” कविता सब्ग्रहको बिक्रि वितरणबाट आएको सम्पूर्ण रकम दुई लाख उनन्साठी हजार रूपैँया सन् २०१६ मा भ भुइँचालो गएर पुर्ण रुपमाक्षतिग्रस्त भएको क्याक्मी कुटुम्सा अवस्थित पोखरी भञ्ज्याङ्ग नि मा वि को नयाँ पक्की भवन निमार्ण गर्न दिएको र थप तीनसय पुस्तक विद्यालयलाई हस्तान्त्रण गरे ।

“बयान” र “बस्ति” को समिक्ष क्रमश शुरेस जङ्ग शाह र बिश्वासदिप तिगेलाले प्रस्तुत गरेपछि राजदुत तथा साहित्यकार डा. दुर्गा बहादुर सुबेदी “दुबसु” ले आफु पनि साहित्यमा कलम चलाउने भएकाले यस्ताकार्यक्रमहरुमा सकेसम्म उपस्थिति जनाउने बोल्नुभयो र नेपाली गीत सङ्गीत र गायकहरुको धरोहर पुराना पुस्ता देखि अहिले सम्मका गायक तथा गीतकारहरुको नाम लिनु भएको थियो । त्यस पश्चातगीतकारले आफना एल्वमका बारेमा बोल्दै सम्पुर्ण आगन्तु, अतिथि र यस कार्यक्रमलाई सफल पार्न खटिएका सपुर्णलाई धन्यवाद ज्ञापन गनु भयो । वहाका हालसम्म प्रकाशित ६ वटा कृतिहरूमा क्रमशः “देशको माटोमा मेरो पूूmल” कविता सङ्ग्रह, “क्याक्मीको कोसेली” कविता सङ्ग्रह, “मायाको संसार” गीत एल्वम “मेरो चिनो मेरो देश” कविता सङ्ग्रह, “बयान” गीत एल्वम र “बस्ती” गीत एल्वम रहेका छन् ।

कार्यक्रमको अन्त्यमा सभाध्यक्ष शुरेस जङ्ग शाहले वेलायमा एकै श्रष्टाको दुईवटा एल्वमको विमोचन एकै पल्ट गरीएको सम्भवत पहिलो होला र श्रष्टाको सामाजीक कार्यहरु पनि हाम्रा लागी उद्दाहरणिय रहेकोप्रस्ट्याउदै खाना पछि अझै साङ्गेतिक कार्यक्रम रहेको जानकारी दिएर औपचारिक कार्यक्रमलाई समाप्त गनुभयो ।

करिब दुई घण्टा लामो साङ्गेतिक कार्यक्रममा नृत्य, गीत र बाँसुरीको धुन रहेको थियो । करिब ४ सय भन्दा बडिको उपस्थिति रहेको सो कार्यक्रमा सम्पुर्ण खान पान र पेय पदार्थहरु गीतकार घन थापा ज्यू लेनिशुल्क प्रदान गर्नु भएको थियो । शुस्मा रुपाबुङ्, करिश्मा घम, शिब कुमार राई, थिर थापा साथै अन्य केहि साथिहरुको विषेश ब्यबस्थापनमा भुमिका रहेको थियो । दिउसो २ बजे बाट सुरु भएर साझ ७ बजेसमाप्त भएको उक्त कार्यक्रमलाई जानुका राईले सञ्चालन गर्नु भएको थियो ।

प्रतिक्रिया