सचिवमा बस्नेतको उम्मेदवारी

इनेप्लिज २०७४ वैशाख २५ गते ०:२९ मा प्रकाशित

न्युयोर्क । अगामी जुन महिनामा हुन गईरहेको एनआरएन एनसीसीको २०१७(१९ को (२ बर्षिय कार्यकाल ) को लागि सचिवमा प्रकाश बस्नेतले उम्मेदवारी घोषणा गरेका छन् । विद्यार्थी राजनीतिमा सक्रिय भोजपुर समाज अमेरिकाका संस्थापक महासचिव बस्नेतले भूकम्पको समयमा भत्कीएका स्कुल र पुस्तकालय स्थापना गर्ने कार्यमा महत्वपूर्ण योगदान दिएका थिए ।

अमेरिकाको न्युयोर्कमा करिब ६ बर्षदेखि बसोवास गर्दै आएका बस्नेतले यसअघि सहसचिव पदमा उम्मेदवारी दिएका थिए । आम संचार तथा पत्रकारितामा स्नातकोत्तर गरेका युवा समाजसेवी बस्नेतले एनआरनएनलाई साझा संस्थाको रुपमा अगाडि बढाउने दावी गरेका छन् ।

२८ बर्षिय बस्नेतले न्युयोर्कमा सामदुयिक भवन बनाउने, अध्ययनका लागि आउने विद्यार्थीलाई रोजगार सम्बन्धी जानकारी दिने, नेपाली भाषाको प्रचारप्रसारलगायत एजेण्डलाई आफूले प्राथमिकतामा राखेको जनाएका छन् ।

प्रतिक्रिया