शुक्रबार, कार्तिक १४ २०७७
काठमाडौं ०९:४३
वासिङटन डिसी 23:58

उपत्यका भित्रका चार दिशामा चार नयां नगरहरुको निर्माण गर्ने

इनेप्लिज २०७४ वैशाख २४ गते १९:२९ मा प्रकाशित

आज मिति २०७४।१।२४ गते मा .सहरी विकास मन्त्री श्री अर्जुननरसिंह के.सी. अध्यक्षतामा बसेको काठमाडौं उपत्यकाको भौतिक विकास समितिको आठौं वैठकले काठमाडौं उपत्यका भित्रका चार दिशामा चार नयां नगरहरुको निर्माण गर्ने निर्णय भयो ।

उक्त वैठकमा मा. सहरी विकास राज्य मन्त्री ज्यू, सहरी विकास मन्त्रालय, भूमिसुधार तथा व्यवस्था, वन तथा वातावरण, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका श्रीमान् सचिवहरु, मध्यमान्चल क्षेत्रीय प्रशासकज्यू, काठमाडौं र ललितपुर महानगरपालिकाहरु लगायत किर्तिपुर, भक्तपुर नगरपालिकाका कार्यकारी अधिकृतहरुको उपस्थिति थियो । काठमाडौं उपत्यका भित्र नगरको भौतिक विकास योजना कार्यान्वयन गर्ने सम्वन्धमा काठमाडौं उपत्यका भित्रका चार वटै दिशाहरुमा चार वटा नयां नगरहरु निर्माण गर्नका लागि सो क्षेत्रमा भौतिक परिवर्तन र टुत्र्क्याउन नपाउने गरी रोक लगाउने समेत निर्णय भयोे ।

मा.सहरी विकास मन्त्री श्री अर्जुन नरसिंह के.सी.ज्यूको विशेष पहलमा स्वीकृत गरिएको चार वटा नगरहरुमध्ये काठमाडौंको पूर्व उत्तरमा करिव एक लाख रोपनी क्षेत्रफल ओगटेको नयां नगरको भौतिक पूर्वाधार विकास तथा व्यवस्था गर्न सार्वजनिक क्षेत्रवाट रु.सय अर्ब र निजी क्षेत्रवाट रु चार सय अर्ब रुपैयां ५ वर्ष भित्रमा लगानी हुने प्रारम्भिक अनुमान गरिएको छ । सहरको संरचना जग्गा एकीकरण (Land Pooling) को माध्यमवाट निजी र जग्गाधनीहरु समेतको संलग्नतामा सम्पन्न गरिने छ । यसका लागि अन्तर्राष्ट्रिय स्टेट अफ आर्ट सहर निर्माण गर्न सोसंग सम्वन्धित विज्ञहरुको सेवा परामर्श लिईने छ ।

त्यसैगरी काठमाडौंको दक्षिण पश्चिम, पूर्व दक्षिण र उत्तर दिशामा दश दश हजार रोपनी क्षेत्रफल ओगटेको नयां नगरको भौतिक पूर्वाधार विकास तथा व्यवस्था गर्न सार्वजनिक क्षेत्रवाट रु. दश अरब र निजी क्षेत्रवाट रु.चालिस अर्ब रुपैयां ५ वर्ष भित्रमा लगानी हुने प्रारम्भिक अनुमान गरिएको छ । यी नयां नगरहरुमा पनि जग्गा एकीकरणको प्रकृयाद्धारा व्यवस्थित सहरीकरण गरिने छ । काठमाडौं उपत्यका भित्र नयां नगरको चार किल्ला सहित आयोजनाको विस्तृत आयोजना प्रतिवेदन तयार गरी नगर निर्माणको कार्य अगाडी बढाईने छ । यसमध्ये पूर्व उत्तरको नयां नगर पहिलो प्राथमिकतामा रहेकोले उक्त कार्य तत्काल अगाडी बढाईने मन्त्रालयका प्रबक्ता डा. रमेश सिङ्गले जानकारि दिनु भयो।

प्रतिक्रिया