पूर्व–राजपरिवार ‘बाहुबली २’ हेर्न फिल्म हलमा

इनेप्लिज २०७४ वैशाख २४ गते १०:४४ मा प्रकाशित

काठमाडौं । पूर्व–राजपरिवारका सदस्यहरूले साउथ इण्डियन फिल्म ‘बाहुबली २’ हेरेर मनोरञ्जन लिएका छन् ।काठमाडौंको सुन्धारास्थित सिटिसी मलमा रहेको सिने डी सेफ हलमा पुगेर पूर्व राजपरिवारका सदस्यले ‘बाहुबली २’ हेरेका हुन् । फिल्म हेर्न पूर्वरानी कोमल शाह, पूर्वयुवराज्ञी हिमानी शाह, नातिनातिनाहरू हल पुगेका थिए ।
फिल्म हल सञ्चालकका अनुसार पूर्व राजपरिवारका सदस्यहरूले १७ वटा टिकट बुक गरेका थिए ।

प्रतिक्रिया