अञ्जु र गीतकार गोबिन्द को गीतको अमेरिकामा छायाँकन

इनेप्लिज २०७४ वैशाख २१ गते ८:०१ मा प्रकाशित

सत्यता को ” कहिले मिलन कहिले बिछोड ” तथा सत्यता-२ को कस्तो माया लाईयो हजुर बोलका गीतहरु नेपाली स्रोता र दर्शकहरुले अत्यधिक रुचाउनु भएका गीतहरु हुन। यी गीतका गीतकार हुन गोबिन्द प्रसाद उपाध्याय र गायिका हुन अन्जु पन्त।

 

गीतकार उपाध्याय र गायिका पन्तको सहकार्यलाई नेपाली स्रोता र दर्शकहरुले धेरै प्रसम्शा र माया दिएका छन। यो जोडी ऐले को साङितीक बजारमा हिट जोडी देखिएको छ। त्यसैले सत्यता-३ को गजल ” बहारमा रमाउने ” आजकल ज्यादै लोकप्रिय भएको छ।

 

बहारमा रमाउने प्यास बाँकी अझै 
तिमी फेरी आउने आश बाँकी अझै
अञ्जु पन्तको स्वरमा रहेको यो गीतको अहिरले अमेरिकाका रमणीय स्थानहरुमा छायाँकन सम्पन्न भएको छ ।


अमेरिकाका बसोबास गर्ने नेपाली मोडेलहरु रेम न्यौपाने र रजनी थापाको अभिनय रहेको म्युजिक भिडियोको निर्देशन अमेरिकामै बसोबास गर्ने निर्देशक सुमन दाहालले गरेका छन् ।

गित लेखनमा धेरै पुरस्कार पाइसकेका चर्चित गितकार गोबिन्दप्रसाद उपाध्यायका शब्दलाई चर्चित गायिका अञ्जु पन्तले स्वर दिएकी छिन् भने गीतमा सँगीत पत्रकार कुसुम भट्टराईले भरेका छन् । उपाध्यायको एल्बम ‘सत्यता–३’मा यो गित समेटीएको छ ।


म्युजिक भिडियोमा अभिनय गर्ने मोडल रेम भुटनीज कम्युनिटी युटा, अमेरीकाका अध्यक्ष हुन भने रजनी पुर्व मिसेज नेपाल र मिसेज हेरिटेज हुन् ।

इश्वर प्रवासीले छायाँकन गरिरहेको म्युजिक भिडियो अब केही दिनमै रिलिज हुने निर्देशक सुमन दाहालले बताए ।

गीतकार उपाध्यायको तेस्रो अल्बम “सत्यता-३” को बिक्री बितरण तथा बजार ब्यवस्थापन भाईब्स क्रियशन नेपाल ले गरेको छ ।

 

 

 

 

प्रतिक्रिया