नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव रातो गलैचा सहित चलचित्र सेतो सूर्य प्रदर्शन सहित श्रीगणेश गरिने

इनेप्लिज २०७४ वैशाख २० गते २३:२५ मा प्रकाशित

 

नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ को तयारी लगभग अन्तिम भएको छ l धमाधम महोत्सवमा भाग लिन कलाकार तथा अतिथिहरु अमेरिका आउन थालेका छन् l आयोजक समिति कुनै कसर नछोड्न अहोरात्र खटिई रहेको बुझिएको छ l

नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव रातो गलैचा सहित चलचित्र सेतो सूर्य प्रदर्शन सहित श्रीगणेश हुने भएको छ l आगामी मे ५ तारिख शुक्रबार साँझ ६ बजे युनिभर्सिटी अफ मेरिल्याण्डको होफ थियटर, कलेजपार्कमा दीपक रौनियारको चलचित्र ‘सेतो सूर्य ’ बाट महोत्सवको प्रारम्भ गरिने भएको छ l

महोत्सवमा नेपाली दुताबास लगायत विभिन्न कुटनीतिक नियोगका बिशिष्ट अतिथिहरु, स्थानीय संघ संस्थाका नेतृत्वहरु सबैको उपस्थितिमा औपचारिक कार्यक्रम हुने छ |

दोस्रो दिन मे ६ शनिबारका दिन होफ थियटर, कलेजपार्क र होराइजन सिनेमा बेल्टवे प्लाजा ,बाल्टिमोरमा एकसाथ दिउँसो १२ बजे देखि राति १० बजे सम्म विभिन्न फिचर फिल्म, डकुमेन्ट्री र छोटा चलचित्रहरु प्रदर्शन हुनेछन | उक्त महोत्सवमा सेतो सूर्य ,भाग्यले बाचेकहरु ,कालो पोथी ,इन सर्च अफ देबकी ,सुनगाभा ,शेर्पा स्टिउ ,लाज ,दि डिपोर्टेसन अफ इनोसेन्ट ,टाशी टर्बाइन ,जर्नी टु बर्सा तथा अन्य चलचित्रहरु परेका छन् l

तेश्रो दिन मे ७ आइतबार १२ बजे पछि ६ बजे सम्म चलचित्र प्रदर्शन हुने छन l र साँझ ७ बजे पछि एफाई सिल्भर थिएटर, सिल्भरस्प्रिङ्गमा पुन रातो गलैचा सहित चलचित्र ‘कालो पोथी’ को प्रदर्शनी गरिने छ l

निर्णायकले छनोट गरेका चलचित्रहरुलाई पुरस्कृत गर्नुका साथै महोत्सवलाई सहयोग पुर्याउनेहरुलाई सम्मान गरिने छ l


प्रतिक्रिया