सारङीको तार’ लिएर आए गायक ढकाल (भिडियोसहित)

इनेप्लिज २०७४ वैशाख २० गते ०:१३ मा प्रकाशित

काठमाडौं, १९ बैशाख । लोकप्रिय गायक रामकृष्ण ढकालको नया गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । निकै मार्मिक मन छुने ‘सारङीको तार’को गीतको भिडियो सार्वजनिक गरिएको हो ।

भुवन शर्मा कंडेलको शब्द रहेको यस गीतलाई बिशाल ढकालले संगीत दिनु भएको हो। ‘सारङीको तार’को बोलको यस गीतमा नायिका रीमा बिश्वकर्मा र चितवनका सफल युवा व्यवसायी धुर्ब केसीको अभिनय रहेको छ ।

चितवनको व्यसायमा आफ्नो छुट्टै स्थन बनाउन सफल युवा व्यवसायी धुर्ब केसीले यसै गीतमार्फत आफ्नो अभिनय यात्रा पनि सुरु गरेका छन् ।

यस गीतलाई दिपेन्द्र केसी ले निर्देशन गरेका हुन् । नरेन्द्र सिंह को छायांकन रहेको यस भिडियोलाई चितवन र नवलपरासी आसपासमा छायांकन गरिएको हो ।निकै मार्मिक मन छुने यस गीतलाई दर्शक स्रोतले आफ्नो पहिलाको गीत हरु जस्तै मन पराउने विश्वास गायक रामकृष्ण ढकालको रहेको छ।

 

प्रतिक्रिया