र्चार्टड ग्लोबल म्यानेजमेण्ट एकाउन्टेन्ट : उदयमान लेखाकन उपाधीको सक्षिप्त परिचय

इनेप्लिज २०७४ वैशाख १८ गते २२:०९ मा प्रकाशित

र्चार्टड ग्लोबल म्यानेजमेण्ट एकाउन्टेन्टको उपाधी बिश्बका दुई प्रसिध्द लेखा ब्यबसायी निकाय अमेरिकन ईस्टीच्युट अफ सर्टिफाईड पब्लिक एकाउण्टेण्ट र सर्टिफाईड ईस्टीच्युट अफ म्यानेजमेन्ट एकाउन्टेन्ट बेलायतको सयुक्त नेतृत्बमा सन २०१२ मा यस्को स्थापना भएको हो । र्चार्टड ग्लोबल म्यानेजमेण्ट एकाउन्टेन्टको उपाधी प्राप्तकर्ताले ब्यबसायमा मार्ग र्निेदश दिन ,गम्भिर निर्णय लिन र ब्यबसायको कार्य सम्पादनमा दिशा निर्देश गर्ने जस्ता सेवा उपलब्ध गराउने यस्को उदेश्य रहेको छ ।

अमेरिकन ईस्टीच्युट अफ सर्टिफाईड पब्लिक एकाउण्टेण्ट सन १८८७ देखि कार्यरत सस्था हो भने सर्टिफाईड ईस्टीच्युट अफ म्यानेजमेन्ट एकाउन्टेन्ट सन १९१९ देखि कार्यरत रहेको सस्था हो ।अमेरिकन ईस्टीच्युट अफ सर्टिफाईड पब्लिक एकाउण्टेण्ट सदस्य सख्या ३ लाख ३० हजार रहेको छ । सर्टिफाईड ईस्टीच्युट अफ म्यानेजमेन्ट एकाउन्टेन्टको सदस्यहरु ८० हजार छन । यसका सदस्यहरु १६० देशमा रहेका छन । यसका ९० हजार बिद्याथीर्हरु अध्ययनरत छन ।

यी दुबै सस्थाहरु नीजि तथा सार्बजानक कम्पनीहरुको अभिन्न अगंको रुपमा रही सेबा उपलब्ध गराउदै आएका छन । अमेरिकन ईस्टीच्युट अफ सर्टिफाईड पब्लिक एकाउण्टेण्टले लेखा तथा लेखापरीक्षण सेवा उपलब्ध गराउदछ भने सर्टिफाईड ईस्टीच्युट अफ म्यानेजमेन्ट एकाउन्टेन्टले ब्यबसायमा ब्यबस्थापन लेखाको सेवा उपलब्ध गराउदछ । र्चार्टड ग्लोबल म्यानेजमेण्ट एकाउन्टेन्टले ब्यबसायको एकिकृत बितीय बिबरण र गैर बितीय बिबरणहरुको जानकारी ब्यबसायको बहुमुखी कार्यहरुको लागी उपलब्ध गराउदछ । यो ब्यबसायको अभिन्न अगंको रुपमा रहेकाले ब्यबसायमा निर्णय गर्नमा ब्यबसायिक रणनीतिकारको भूमिका उपलब्ध गराउदछ । यसले बितीय, भौतिक सम्पति र कार्य सम्पादन का कारकहरु बृध्दि गर्ने बिश्बास दिलाउदछ ।

बिश्बका प्रसिध्द उक्त दुई लेखाब्यबसायी निकाय अमेरिकन ईस्टीच्युट अफ सर्टिफाईड पब्लिक एकाउण्टेण्ट र सर्टिफाईड ईस्टीच्युट अफ म्यानेजमेन्ट एकाउन्टेन्ट को सयुत उपक्रम बाट जन्मिएको यो महिमामय र्चार्टड ग्लोबल म्याानेजमेण्ट एकाउन्टेन्ट बिश्व स्तरको मान्यता दिईएको पेशागत उपाधी हो । धेरै यस उपाधी वालाहरु कोही अर्थ वा बितीय बिभाग मा कार्यरत छन कोहीले सन्चालक समितिको सदस्य ,अध्यक्ष्य र प्रमुख कार्यकारी अधिकृतको भुमिका निर्बाह गरिरहेका छन ।

र्चार्टड ग्लोबल म्यानेजमेण्ट एकाउन्टेन्ट ले सार्बजनिक सेवामा रहेका लेखा ब्यबसायी सर्टिफाईड पब्लिक एकाउण्टेण्ट तथा र्चार्टड एकाउन्टेन्टले झै पेशागत नैतिकता र आचार सहिता पालना गर्नु पर्दछ । यस्को पाठयक्रम र जाच को स्तर पनि बिश्बब्यापी रुपमा एकै कायम गरी र्चार्टड ग्लोबल म्यानेजमेण्ट एकाउन्टेन्ट सिप मा एक रुपता भएको बिश्बस्त गरिएको छ ।

र्चार्टड ग्लोबल म्यानेजमेण्ट एकाउन्टेन्टको निपुर्णताको आधारशिला
अमेरिकन ईस्टीच्युट अफ सर्टिफाईड पब्लिकएकाउण्टेण्ट र सर्टिफाईड ईस्टीच्युट अफ म्यानेजमेन्ट एकाउन्टेन्ट ले तयार गरेको निपुर्णताको आधारशिलाले बितीय पेशाकर्मीको क्षमता बिश्बस्त गराइएको छ । तीनिहरुबाट लेखाकंन तथा बितीय सिपहरु ब्यबसायको सन्दर्भमा निर्णय र कार्यहरु प्रभाबित पार्न र अन्य सस्थाका बिभिन्न तहमा लागु गर्ने अपेक्षा गरिएको छ । प्रत्येक तहको सिपहरुमा प्रबिणता तह मध्यम स्तर तह उच्च तह र बिज्ञ तह का रहेका छन । यस आधारशिलाले सिपहरुको श्रृखला तोकिएको छ । र्चार्टड ग्लोबल म्यानेजमेण्ट एकाउन्टेन्टका निम्न ४ क्षेत्रका सिपहरुमा निपुणृताा आधारशिलाहरु तोकिएका छन ।

१.प्राविधिक सिप

यस ब्यबस्थापन लेखापालनमा निम्न प्राबिधिक सिपमा निर्पुणता आबश्यक हुन्छ ।

१.बितीय लेखाकंन र प्रतिबेदन २.लागत लेखाकंन र ब्यबस्थापन ३ .ब्यबसायिक योजना ४.ब्यबस्थापन प्रतिबेदन र बिश्लेषण ५ .सस्थागत बित र कोष ब्यबस्थापन ६ .जोखिम ब्यबस्थापन र आन्तरिक नियन्त्रण ७. लेखा सूचना प्रणलाी ८. कर रणनीति योजना र अनुपालना

२.ब्यबसायिक सिप
यस ब्यबस्थापन लेखापालनमा निम्न ब्यबसायिक सिपमा निर्पुणता आबश्यक हुन्छ ।

१. नीति. २.बजार र नियमन वाताबरण ३ .ब्यबसायिक योजना ४.ब्यबसाय सम्बन्ध ५ योजना ब्यबस्थापन ६ .बिहृत आर्थिक बिश्लेषण

३.पिपुल्स सिप
यस ब्यबस्थापन लेखापालनमा निम्न पिपुल्स सिपमा निर्पुणता आबश्यक हुन्छ ।

४.नेतृत्व सिप
यस ब्यबस्थापन लेखापालनमा निम्न नेर्तृत्व सिपमा निर्पुणता आबश्यक हुन्छ
१..समुह गठन २.कोचिडं र अनुगमन ३ .कार्य सम्पादन हाक्ने ४.उत्प्रेरण र प्रात्साहान ५ परिबत्रर्तन ब्यबस्थापन
र्चार्टड ग्लोबल म्यानेजमेण्ट एकाउन्टेन्टको सिध्दान्तहरु
ब्यबस्थापन लेखापालनले सस्थाको बर्तमान मुल्य र सान्दर्भिक बितीय र गैरबितीय सुचनाहरुस्रोत को काम गर्ने बिष्लेणण गर्ने र सन्चार गर्ने कार्य गर्दछ । ब्यबस्थापन लेखापालन एउटा पेशा भएको हुदा उसले ब्याबसाय र सन्चालन वातावरण बुझनु पर्दछ । यस बाट सस्थागत जोखिम र अबसरहरुको जानकारी हुन्छ । र्चार्टड ग्लोबल म्यमनेजमेण्ट एकाउन्टेन्टका निम्न ४ क्षेत्रका सिध्दान्तहरु छन ।

१.आन्तरिक प्रभाबकारीताको जानकारी उपलब्ध गराउ०ने
१. रणनीतिक बिकास र कार्यान्वयन
२.सन्चारको तयारी स्परेखा
३.सबोतम निर्णय गर्न सहजता

२.सान्दर्भिक सूचनाहरु
१.सर्बोतम सुचना उपलब्ध गराउने
२. सुचनाहरु भर पर्दो र बिश्बासिलो
३.सान्दर्भिक सूचनाहरु

३.मुल्य मान्यताहरमा पर्ने असर को बिश्लेषण
१.मुल्य मान्यतामा परेको असरहरुको बिश्लेषण
२ सिमुलेसनले भित्री बिकल्प उपलब्ध गराउने
३.परिमाण बाट हने असर का कार्य गर्ने प्राथमिकता

४.रेखदेखको बिश्बास बनाउने ९त्चगकत द्यगष्मिष्लन ०
१.जबाफदेहिता तथा बिश्बासनियता
२.दिगोपनता
३.यमान्दारीता तथा नैतिकता
र्चार्टड ग्लोबल म्यानेजमेण्ट एकाउन्टेन्टको ज्ञानको क्षेत्रहरु
र्चार्टड ग्लोबल म्यानेजमेण्ट एकाउन्टेन्ट लाई प्राविधक सिप भएर मात्र पुग्दैन ।ती सिपहरु ब्यबसायमा लागु गर्ने सिप हुनु पर्दछ । सस्थाको व्यवसायबारे जान्नको लागी लेखाकंन र बिशलेषणत्मक सिप हुनु पर्दछ । र्चार्टड ग्लोबल म्यमनेजमेण्ट एकाउन्टेन्टका निम्न ३ ज्ञानको क्षेत्रहरु रहेका छन ।
क.. रणनीतिक ब्यबस्थापन
१. रणनीतिक विकास र कार्यान्वयन गर्ने
२ सस्थालाई बाह्य वातावरणबाट परेको असर
३ रणनीति तर्जुमा
४ रणनीतिक योजना
५ सस्थागत परिबर्तन गर्न न्यतृत्व
६ रणनीति कार्यान्वयन र कार्य सम्पादन मापन
७ सस्थागत रणनीतिमा सूचना प्रणलीको भुमिका

ख.शुसासन जोखिम ब्यबस्थापन
१.जोखिम पहिचान र ब्यबस्थापन
२.नैतिकता सस्थनगत शासकिय ब्यबस्था र दिगोपना
३.ब्यबस्थापन नियन्त्रण प्रणली
४.आन्तरिक नियन्त्रण जालसाजी र आन्तरिक लेखापरीक्षण
५.बितीय जोखिम मुल्याकंन
६.आन्तराष्ट्र्यि सस्थाहरु सग सम्बध्द बितीय जोखिमको ब्यबस्थापन
७.पुजिगत लगानी योजना सम्बध्द जोखिमको ब्यबस्थापन

ग..सस्थागत बितीय रणनीति
१. बितीय रणनीतिको बिकास
२. हेज एकाउनटीडं
३.पूजि सन्रचना र श्रृण ब्यबस्थापन
४स्ब पूजि बित र लाभाशं नीति
५.बितीय कायृ सम्पादन मापन
६.खरिद तथा प्राप्ती
७.ब्याबसाय को मुल्याकंन
र्चार्टड ग्लोबल म्यानेजमेण्ट एकाउन्टेन्टको परीक्षा पद्धती

र्चार्टड ग्लोबल म्यानेजमेण्ट एकाउन्टेन्टको पाठयक्रम को आधार सर्टिफाईड ईस्टीच्युट अफ म्यानेजमेन्ट एकाउन्टेन्ट को पाठयक्रम हो । यस्को परीक्षा पध्दती कम्पुटराईज प्रणलीमा आधारित छ।। यसको परीक्षा पध्दतीनिम्न किसिमको रहेको छ ।

१. मामिला अध्ययन
रणनीतिक तहको मामिला अध्ययनमा निम्न बिषयहरुमा गरीनु पर्दछ ।
१. रणनीतिक ब्यबस्थापन
२. जोखिम ब्यबस्थापन
३. बितीय रणनीति ब्यबस्थापन

२.ब्यबस्थापन तह मामिला अध्ययन
ब्यबस्थापन तहको मामिला अध्ययनमा निम्न बिषयहरुमा गरीनु पर्दछ
१. आयोजना र सम्बन्ध ब्यबस्थापन
२.उच्च ब्यबस्थापन लेखाकंन
३.उच्च बितीय प्रतिबेदन

३.सञ्चालन तह मामिला अध्ययन
सञ्चालन तहको मामिला अध्ययनमा निम्न बिषयहरुमा गरीनु पर्दछ
१.सञ्चालन ब्यबस्थापन
२. ब्यबस्थापन लेखाकंन
३.बितीय प्रतिबेदन र कर लेखाकंन

४.पि सिन सामाग्रीहरु
परिक्षा मितिले सात हप्ता अघि प्रि सेशन सामाग्रीहरु डाउनलोड गर्न उपलब्ध हुन्छन यसमा ब्यबसायको पृष्ठभुमीको जानकारी बहु कागजात सहितको निम्न जानकारी रहेका हुन्छन।
बितीय बिबरण
बार्षिक प्रतिबेदन उतार गरिएका
कर ब्यबस्था
उघोग बिश्लेषण
सगठन तालिका
कम्पनीको रणनीति
खबर प्रत्र तथा वेभ साईट सामाग्री
उत्पादन इमेज र चिनारी

र्चार्टड ग्लोबल म्यानेजमेण्ट एकाउन्टेन्टको परीक्षा मिति र शुल्क

प्रत्येक बर्ष को ४ पटक फरबरी मे अगष्ट र नोभेम्बर महिना मा परीक्षा हुन्छ । जाच ५ दिनको हुन्छ । परिक्षाको समय बिहान ९ बजे देखि६ बजे र्चार्टड ग्लोबल म्यमनेजमेण्ट एकाउन्टेन्टको परीक्ष्ााँँ मिति र शुल्सम्म सोमबार देखि शुक्रबार सम्म सन्चालन हुन्छ ।
परीक्षा शुल्क
जाच शुल्क अमेरिकी डलर ३२५.००
बार्षिक सदस्यता अमेरिकी डलर ३२५.००

र्चार्टड ग्लोबल म्यानेजमेण्ट एकाउन्टेन्टको परिक्षा केन्द्र
यसको परिक्षा केन्द्रहरु बिश्व भर ५१०० रहेको छ जस मध्य २००० अमेरिका मा मात्र छन ।

र्चार्टड ग्लोबल म्यानेजमेण्ट एकाउन्टेन्टको क्षेत्रिय तथा सम्र्पक कार्यालयहरु

यसको क्षेत्रिय तथा सम्पर्क कार्यालयहरु निम्न देशहरुमा रहेका छन

१. अमेरिका २.बेलायत ३.साउथ अफ्रिका ४ंयुरोप र बेलायत ५.श्री लंका६. मलेशिया ७.चिन

शाखा कार्यालयहरु

१.अष्ट्रेलिया २.बगंलादेश ३.भारत ४.बोस्वाना ५.चिन ६.घाना ७.हगंकगं ८.आयर ल्याण्ड ९.मलेशिया १०.नाइजेरिया ११.पाकिस्तान १२. पोल्याण्ड १३.रसिया १४ंगिापुर १५.साउथ अफ्रिका १६.श्रीलकां १७.दुबाई १८ .बेलायत १९.जिम्बाबे २०.जम्मबा
अन्तमा

र्चार्टड ग्लोबल म्यानेजमेण्ट एकाउन्टेन्टको उपाधी अमेरिका को अमेरिकन ईस्टीच्युट अफ सर्टिफाईड पब्लिक एकाउण्टेण्ट र बेलायतकोाृ सर्टिफाईड ईस्टीच्युट अफ म्यानेजमेन्ट एकाउन्टेन्ट को सयुक्त नेतृत्बमा सन २०१२ मा यस्को स्थापित उपाधी हो । यस उपाधी प्राप्तकर्तााले ब्यबसायमा मार्ग र्निेदश दिने, गम्भिर निर्णय लिन र ब्यबसायको कार्य सम्पादनमा दिशा निर्देश गर्ने सेवा उपलब्ध गराउने यस्को उद्येश्य रहेको छ ।

यस उदेश्य प्राप्तीको लागी र्चार्टड ग्लोबल म्यानेजमेण्ट एकाउन्टेन्टको निपुर्णताको आधारशिला ब्यबस्थापन लेखापालनका सस्थाको बर्तमान मुल्य र सान्दर्भिक बितीय र गैर बितीय सुचनाहरु स्रोत को काम गर्ने बिष्लेशण गर्ने र सञ्चार गर्न कार्य सिध्दान्त र ज्ञानका क्षेत्रहरु को ब्यबस्था गरेको छ । यस्को पाठयक्रम र जाच को स्तर पनि बिश्बब्यापी रुपमा एकै कायम गरी र्चार्टड ग्लोबल म्यानेजमेण्ट एकाउन्टेन्ट सिप मा एक हुने बिश्बस्त गरिएको छ।

र्चार्टड ग्लोबल म्यानेजमेण्ट एकाउन्टेन्ट ले सस्था भित्र रही काम गर्ने भएता पनि सार्बजनिक सेवामा रहेका लेखा ब्यबसाय सर्टिफाईड पब्लिक एकाउण्टेण्ट तथा चार्टर्ड एकाउन्टेन्टलेझै पेशागत नैतिकता र आचार सहिता पालना गर्नु पर्दछ ।

र्चार्टड ग्लोबल म्यमनेजमेण्ट एकाउन्टेन्ट बाट लेखाकंन तथा बितीय सिपहरु ब्यबसायको सन्दर्भमा निर्णय र कार्यहरु प्रभाबित पार्न र अन्य सस्थाका बिभिन्न तहमा लागु गर्ने अपेक्षा गरिएको बिश्व स्तरको म्यान्यता पाएकोे पेशागत उपाधी हो । यस उपाधीेलाई अर्थ वा बित्तीय बिभाग मा कार्यरत रहन, सन्चालक समितिको सदस्य, अध्यक्ष्य र प्रमुख कार्यकारी अधिकृत को भुमिका निर्बाह गर्न आबश्यक हुन सैध्दान्तिक ,ब्यबहारिक् ज्ञान र सिप बाट सुसजिजत गराईएको छ ।

नेपालमा लेखा ब्यबसायी पेशागत शिक्षाको बिकास गर्ने एक मात्र सस्था नेपाल र्चार्टड एकाउन्टेन्ट सस्था हो । यस्को स्थापना बि.स. २०५३ सालमा भएको हो । यसले र्चार्टड एकाउन्टेन्ट पेशागत उपाधीको उत्पादन गरिरहेको छ । यो सस्था जन्म भएको २० बर्ष बिति सक्दा पनि ब्यबस्थापन लेखा बिषयको पेशागत उपाधी दिने सस्थाको जन्म भने भएको छैन ।अरु देशहरुमा भने र्चार्टड एकाउन्टेन्ट सस्था सगं सगै यस्ता सस्था जन्मीएका छन भने कोही केही बर्ष पछि जन्मीएका छन । हाम्रो देशमा यस्ता सस्था स्थापना गर्ने अग्रसरता नेपाल सरकार उधोग तथा बाणिज्य मन्त्रालय अर्थ मन्त्रालय गर्ने हो कि ? बिज्ञहरुले चासो देखाउनु पर्ने हो कि? नभए अन्तर्राष्ट्रिय दाताहरु ले नै भनी दिनु पर्नेे ?

प्रतिक्रिया