काठमाडौं । महानायक राजेश हमालले राजनीतिमा आउने संकेत गरेका छन् । हिमालय टेलिभिजनको साप्ताहिक कार्यक्रम धमलाको हमलामा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले आगामी संसदीय निर्वाचनसम्म राजनीतिमा आउने संकेत गरेका हुन् ।
राजनीतिमा आउँदा जनताले चाँहे आफू देशको प्रधानमन्त्री समेत बन्न सक्ने भन्दै उनले आफ्नो लक्ष्य देशमा स्थिती, विकास र समृद्धि ल्याउनु हुने बताए ।
उनले अहिलेका नेताहरुमा देशलाई समृद्धिमा डोर्याउने नेतृत्व नभएको र आन्तरिक गतिरोध तथा भारत र चीनलाई मिलाएर लैजाने नेतृत्व देशमै नरहेको तर्क गरे ।
उनले आजसम्म आफू स्वतन्त्र रहेको कुन पार्टीमा जाने वा नयाँ पार्टी खोल्ने भन्ने विषयमा कुनै निर्णय नभएको बताए । ‘राजनीतिमा लाग्नुपर्ने सोंच आएको छ । तर, समय आएपछि,’ उनले भने– ‘कुन पार्टीमा जाने, कहिले जाने भन्नेबारे समय आएपछि भन्नेछु ।’
भिडियोः
प्रतिक्रिया