घन थापाको “बयान” र “बस्ति” एल्वम यहि ७ मेँ २०१७ मा सार्वजनिक हुने ।

इनेप्लिज २०७४ वैशाख १५ गते १०:३४ मा प्रकाशित

विश्व नेपाली साहित्य महासङ्घ र नेपाली साहित्य विकाश परिषदको संयुक्त आयोजना र केन्ट मगर संघ, क्यान्टवरी नेपाली समाज र क्यान्टवरी नेपाली महिला समाजका केहि साथिहरुको सहयोगमा गीतकार, कवि तथा समाजसेवी घन थापा मगरको दुई एल्वमहरु “बयान” र “बस्ति” यहि आउदो ७ मेँ २०१७ को दिन हकिन्ज कम्युनिटी हल, वेलायतमा बिमोचन समारोह गर्दै सार्वजनिक गर्ने भएको छ ।

गीतकार तथा समाजसेवी घन थापा मगर कविता लेखलमा पनि उत्तिनै पोख्त हुनुहुन्छ । वहाको पहिलो कृति कविता संग्रह “देशको माटोमा मेरो फूल” सन २०१३ मा प्रकाशित गरेपछि क्रमस “क्याक्मीको कोसेली” कविता संग्रह, “मेरो चिनो मेरो देश” कविता संग्रह र मायाको संसार गीति एल्वम सार्वजनिक गरि सकेका छन । उक्त कविता संग्रह र गीति एल्वम बाट जुटेको रकमले नेपालमा शैक्षिक तथा सामाजिक क्षेत्रहरुमा सहयोग गरि सक्नु भएको छ ।

उक्त ७ मेँ २०१७ को विमोचन कार्यक्रममा बेलायतका विशिष्ट ब्याक्तित्वहरुको उपस्थिति र गायक शिव परियार पनि आई उक्त एलवमका वहाका आफ्नै स्वर रहेका गीतहरु पनि लाईभ गाई कार्यक्रम मनोरन्जनात्मक हुने भएको छ । यस्का साथै गीतकार घन थापाले समाज सेवामा गर्दै आउनु भएका कार्यहरुको छोटो डकुमेन्ट्रि पनि देखाउने साथै समारोहको अवधि भित्र मनोरञ्जनात्मक नाँच र गीतहरु पनि रहने जानकारी दिनु भएको छ । बिमोचन समारोहमा पाल्नुहुने सम्पुर्णलाई निशुल्क सप्टड्रिङ्स,स्टार्टर्स साथै साँझ खानाको ब्यावस्था पनि गर्नु भएको छ ।

प्रतिक्रिया