४ बर्ष कि सरुजाको अर्को भिडियो

इनेप्लिज २०७४ वैशाख ७ गते १३:२७ मा प्रकाशित

काठमाडौँ , “म हु निश्चल कोपिला न टिप्नु पाप लाग्छ ” पुनम मिश्रको शब्द/स्वरको यस गीत को छायांकन सकिएको छ l बच्चा जन्म नपाउदै छोरा या छोरीमा भेदभाव गरि अभिभावकले गर्ने भ्रुण हत्या ,नगरौ ,छोरीलाई गर्भ मै तुहिन बाध्य नबना औ ,छोरी पनि छोरा समान हो ,भेदभाव गर्नु पाप हो l

यस्तै सद्नेश बोकेको गीतको भिडियोमा चार बर्षे सरूजा केसी ले यस अघि सीता शेरचन को शब्द रचना ,रजीना रिमालको स्वरमा “अधुरो माया संगै ” बोलको गीतमा पहिलो पटक अभिनय गरेकी थिइन्जl तिबेला उनि केवल २ बर्षकी मात्र थिइन् l त्यस पछि उनले गम्बु शेर्पाको स्वाम मेरो बाबा ले भन्नु हुन्थ्यो बोलको सन्देशमुलक गीतमा अभिनय गरिन l

सरुजाले म्युजिक भिडियो को अतिरिक्त एउटा बिज्ञापनमा पनि काम गरेकी छिन् l उनि उज्ज्वल तारा बोर्डिंग स्कुल मा युकेजी मा अध्ययन रत छिन् l यो सरुजा को तेश्रो भिडियो हो l उनि ख्याती प्राप्त रेडियो /टिवी कार्यक्रम प्रस्तोता एवं अभिनेता सरोज केसीको एक मात्र छोरी हुन् l

म हु निश्चल कोपिला बोलको गीत शिव शर्माले निर्देशन गरेका हुन् भने शिव शर्मा ले यस अघि लोक/आधुनिक गरेर २ सय ५० म्युजिक भिडियो निर्देशन गरि सकेका छन्उ l नि हाका हाकी चर्चित टिवी शृंखलाका कलाकार पनि हुन् l यस म्युजिक भिडियोमा सरूजा संगै टेली भिजन कि चर्चित कलाकार कविता शर्मा ,आर के मानन्धर ,गीता नेपाल ,चक्र ध्वज भण्डारी ,ग्रेसी रायमाझी र संचार कर्मी सूर्य चन्द्र ले पनि अभिनय गरेका छन् l

गीत संगीत पुनम मिश्र र मथुरा महर्जनको रहेको छ l एरेन्जर देबेन्द्र नेवा हुन् भने म्युजिक भिडियो को छाया कार प्रवेश पोख्रेल हुन् l यो संदेश मुलका गीत को भिडियोलाई एक सप्ताह भित्र सार्वजनिक गरिने यसका निर्देशक शिव शर्माले ईनेप्लिज लाई जानकारी गराए l

 

प्रतिक्रिया