एनआरएन अमेरिकाको संचालक समिति निर्देशक(बिओडी )पद मा गोपेन्द्र भट्टराईको उम्मेदवारी

इनेप्लिज २०७४ वैशाख ३ गते १०:०३ मा प्रकाशित

एनआरएन अमेरिकाको २०१७/२०१९ को निर्वाचनको लागि संचालक समिति निर्देशक(बिओडी )पद मा गोपेन्द्र भट्टराईले उम्मेदवारी दिएका छन् l भटराई इन्डियाको नेप्लिज एसोसिएसन अफ इन्डियानाका संस्थापक अध्यक्ष हुन् भने सन् २०१२/२०१४ को लागि उनि आन्मामा पनि नेतृत्व लिई काम गरेको उनि संग अनुभव रहेको छ l

र आफू लाई यो पदमा काम गर्ने अवसर दिइएको खण्डमा आफुले एनआरएन युएसए र नेपाली समुदाय बीच प्रभावकारी रुपमा पुलको काम गर्ने प्रतिबद्धता जाहेर गर्दै आफ्ना केहि भनाई यसरि राखेका छन् l

विविधतामा एकता उनको मुख्य लक्ष्य रहेको छ भने अमेरिकामा छरिएर रहेका समुदाय सदस्य ,नागरिक समुह तथा संघ/संस्थालाई एकै धागोमा बुन्न प्रयास गर्नु पर्ने उल्लेख गरेका छन् l यसको साथै स्थानीय स्तरमा नेपाली संघ/संस्थाले गरेको योगदानलाई सम्मान गर्न सक्नु पर्ने विचार राखेका छन् l

भट्टराईको बिशेष केन्द्र बिन्दु भनेको महिला तथा युवा पुस्तालाई एनआरएन को गतिविधिमा संलग्न गराउन प्रोत्साहन गर्नु रहेको छ l एनआरएन ले छात्रवृति ,तालिम ,गोष्टि आदि ईत्यादी पनि गराउदा समुदाय सदस्यले आफ्ना अनुभव हिस्सा गर्न सक्ने आदि कुराहरु उठाएका छन् l

र अर्को महत्वपूर्ण पक्ष नेपाललाई मुख्य मस्तिस्कमा राख्नु पर्ने जोड गरेका छन l नेपाललाई परेको समयमा एनआरएनको ठुलो भूमिका हुने छ l नेपाल मा परेको प्राकृतिक प्रकोप र अन्य बिषयमा एनआरए ले खेलेको भूमिका निकै महत्वपूर्ण हुने बताएका छन l

नेपालमा लगानीको क्षेत्रमा दोब्बर प्रयास गर्नु पर्ने को साथै नेपाल को संबिधानमा दोहोरो नागरिकता को प्रावधान रहेको उल्लेख गरेका छन् l दोहोरो कर प्रणाली तथा नेपाल र अमेरिका बीच ब्यापार सम्झौता सम्बन्धि वकालत गर्नु पर्ने कुरामा जोड दिएका छन् l

प्रतिक्रिया