अमेरिकाको टेक्सास राज्यको ड्यालसमा हुने युनाइटेड नेप्लिज एसोसिएसन(युएनए )को सम्मेलनको लागि पूर्व नेपाल सुन्दरीहरु सोनी राजभण्डारी तथा नग्मा श्रेष्ठ आउने भएका छन् l आगामी मे २६ देखि २८ सम्म हुने युएनए को दोश्रो सम्मेलनको भेषभूषा कार्यक्रमको लागि राज भण्डारी तथा श्रेष्ठ आउने तय भएको आयोजकले जानकारी दिएका छन् l
सम्मेलनमा विभिन्न कार्यक्रमहरु मध्ये कै भेषभुषा प्रदर्शन (फेसन शो ) एक महत्वपूर्ण कार्यक्रम भएकोले नेपाल सुन्दरी अर्थ अन्तर्राष्ट्रिय सोनी राजभण्डारी भेषभुषा प्रदर्शन को साथै सहभागीहरुलाई हौसला प्रदान गर्ने भएकी छिन् l
यसको साथै सोनीले युएनएको भेषभुषा प्रदर्शनमा फेसन स्टपर(प्रभावकारी प्रस्तुति )को रुपमा प्रस्तुत हुने छिन । सांस्कृतिक र्याम्प प्रदर्शन नाम दिइएको उक्त प्रस्तुतिमा अमेरिकामा रहेका चर्चित नेपाली मोडेल(प्रतिमान)हरुले भाग लिने छन । यसको साथै अन्य प्रस्तुति को साथै बिरालो चाल (क्याट वाक )समेत हुने भएको छ l
सोनीले भेषभूषाका सहभागीहरुलाई भेषभूषा उद्योगसंग सम्बन्धित सम्पूर्ण जानकारी गराउनु को साथै उनि प्रमुख बक्ताको रुपमा प्रस्तुत हुने भएकी छिन् l
प्रदर्शनको लागि छिट्टै आबेदन खुला गरिने भएको छ l युएनए भेषभुषा प्रदर्शनमा सहभागी हुने सम्पूर्ण नमुना युवतीहरुलाई व्यवसायिक बिशेष तालीम दिने व्यवस्था गर्ने समेत जनाएको छ । यसै गरि सोनी संगै पूर्व नेपाल सुन्दरी नग्मा श्रेष्ठ समेतको सहभगिता हुने छ l
नग्मा श्रेष्ठ २००९ कि पूर्व नेपाल सुन्दरी हुन् भने सोनी सन् २०१२ कि नेपाल सुन्दरी अर्थ अन्तर्राष्ट्रिय बिजेता हुन् l सुबेक्षा भाडेलले डिजाइनिङ्ग(रुपांकन )को काम गर्ने छन् त्यस्तै सम्पूर्ण भेषभुषाको संयोजन रबिन कार्की तथा अर्जुन सुबेदीले गर्ने छन् l
प्रतिक्रिया